काठमाडौं- नेकपा एमालेका सांसद पदम गिरि स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन्।
Advertisement
पर्वतबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका गिरिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
यसअघि सोमबार साँझसम्म गिरिको नाम परराष्ट्रमन्त्रीका लागि तय भएको थियो। तर, अध्यक्ष ओलीले आफूलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिन फोनमार्फत आग्रह गरेको गिरिले जानकारी दिए। ‘अध्यक्षले फोन गरेर स्वास्थ्य मन्त्रालयको तयारी गर्नू भन्नुभएको छ।’ गिरिले भने।
गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
एमालेबाट अहिले सरकारमा बिना विभागीयसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसहित ४ मन्त्री छन्। सत्ता गठबन्धनमा भएको सहमति अनुसार एमालेले ८ वटा मन्त्रालय दिएको छ।