• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

भोलि चिसो काठमाडौंलाई तताउँदैछ नेपथ्यले


शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित

काठमाडौं- मुलुकको पूर्वी कुनादेखि पश्चिम कुनासम्म सातैवटा प्रदेशमा भव्य प्रस्तुतीपछि यस श्रृंखलाकै अन्तिम कन्सर्ट प्रस्तुत गर्न नेपथ्य टोली राजधानी आइपुगेको छ।

Advertisement

के पहाड के तराई सबैतिर ब्यान्डले चौरभरि अटाएका हजारौं हजार दर्शक उपस्थिति पाएको थियो। यसरी नौ स्थानमा सांगीतिक देशदौडाहा सम्पन्‍न गरेपछि दशौं प्रस्तुतीका रूपमा भोलि १६ पुस शनिबार काठमाडौं उपत्यकाका दर्शकसँग भृकुटीमण्डपमा साक्षात्कार गर्ने भएको छ।

राजधानीको प्रदर्शनका लागि ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङलगायत मञ्‍चमा उपस्थित हुने ६ जना कलाकारका साथै प्राविधिक र व्यवस्थापन गरी ७० जनाको विशाल टिमसहित नेपथ्य टोली काठमाडौं आइपुगेको हो।

यसपटकको दौडाहाअन्तर्गत नेपथ्यले विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगञ्‍ज, धनगढी, वीरेन्द्रनगर सुर्खेत, बुटवल र पोखरामा आफूलाई प्रस्तुत गरेको थियो। काठमाडौंमा शनिबार आयोजित कन्सर्टका लागि भृकुटीमण्डपस्थित मैदानका ढोकाहरू बेलुकी चार बजेदेखि खोलिनेछन्।

नेपथ्यले मुलुकभर सबैभन्दा बढी प्रस्तुती काठमाडौं उपत्यकामै दिएको छ। त्यसमध्ये ‘शान्तिको लागि शिक्षा’ अभियानअन्तर्गत मात्रै ६ पटक प्रस्तुत भइसकेको छ। भोकमुक्त अभियानअन्तर्गत एकपटक र असहायका निम्ति उनीहरूको आश्रय थलो एवं पुनःस्थापना केन्द्रहरूमै गएर ६ पटक कन्सर्ट गरेको थियो। अघिल्लोपटक राजधानीमा नेपथ्यले भूकम्पमा भत्किएको दोलखाको एउटा सरकारी भवन निर्माणार्थ आफूलाई तीन वर्षअघि भृकुटीमण्डपमै उभ्याएको थियो।

यसपटक नयाँ अभियान ‘मानवताको लागि संगीत’अन्तर्गत यो अन्तिम कन्सर्ट पनि भृकुटीमण्डपकै फरक मैदानमा हुन लागेको हो।

संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गरेको हो। विराटनगरबाट शुरु भएको यो यात्रा एक महिना लामो रह्यो।

शनिबारको प्रस्तुतीका लागि भृकुटीमण्डप मैदानमा मञ्‍च निर्माण भइसकेको छ। शुक्रबार बेलुकी त्यहाँ आवाज तथा प्रकाश इत्यादिको परिक्षण गरिएको छ। मञ्‍च तथा प्रविधिका हिसाबले यो प्रस्तुती अहिले विश्‍वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुनेछ। त्यो स्तरलाई कायम गर्नकै निम्ति कलाकारबाहेक पनि ठूलो संख्यामा प्राविधिक तथा व्यवस्थापन टोलीले साथमा देशभरको यात्रा गर्नुपरेको थियो।

‘नेपथ्य समूहले संगीतबाट मनोरञ्‍जन मात्र नभई लोक कल्याणका हिसाबले आफूलाई प्रस्तुत गरेर एउटा उदाहरण बन्‍न पुगेको छ,’ आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने, ‘कार्यक्रमलाई भव्य रूपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पूरा गरिसकेका छौं।’

शुक्रबार मानवसेवा आश्रमले राजधानीको रानीबारीस्थित भवनमा दिउँसो दुई बजे नेपथ्य टोलीसँग भेटघाट तथा परिचय आदानप्रदान कार्यक्रम पनि राखेको थियो। त्यसबखत टोलीलाई मानवसेवा आश्रमको रानीवन शाखामा स्वागत तथा सम्मान गरिएको थियो। त्यस अवसरमा मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीलगायत पदाधिकारीको उपस्थिति थियो।

अध्यक्ष अधिकारीका अनुसार काठमाडौं कन्सर्टका टिकटहरू भृकुटीमण्डपबाटै धमाधम बिक्री भइरहेका छन्। समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकले अनलाइनमार्फत् पनि टिकट काट्न सक्ने उनले बताए। त्यसको निम्ति मानवसेवा आश्रमको आधिकारिक वेबसाइट एमएसए डट ओआरजी (msa.org.np) मार्फत सोझै काट्न सकिन्छ। नेपथ्य ब्यान्डको वेबसाइटबाट  (nepathya.com.np) बाट पनि कन्सर्टको टिकट उपलब्ध गराइएको छ। टेलिफोनमार्फत् सिट सुरक्षित गर्न चाहने दर्शकहरूका निम्ति ९८५५०७६००५, ९८४३३४७६०५ र ९८४३३४७६११ नम्बर उपलब्ध छन्।

यो कन्सर्टको लाभांशले मानवता प्रबर्द्धनका साथै राजधानी काठमाडौंमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ। त्यसैगरी, यसबाट बेसहाराहरूको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ।

शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक
बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय
सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी
उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

भर्खरै

  • १.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

  • २.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • ३.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • ४.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ६.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

  • ७.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८.
    कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.