काठमाडौं- नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको बैठक १५ पुसमा काठमाडौं बस्ने भएको छ ।
Advertisement
काठमाडौंको कुन स्थानमा बस्ने भन्ने विषयमा टुंगो लागि नसकेको सांसद सरल सहयात्री पौडेलले बताए । १५ पुसमा संसदीय दलको बैठकबाट नेता चयन हुने भएको छ ।
दलको नेतामा सांसद पौडेल र शालिकराम जमरकट्टेलले दाबी गरेका छन् । सर्वसम्मत रुपमा दलको नेता चयन नभएमा चुनावी प्रतिस्पर्धा गर्ने पौडेलले भन्दै आएका छन् । पौडेलले दलको नेता नछोड्ने भएपछि चुनाव हुने सम्भावना देखिएको छ । दलको नेता नै मुख्यमन्त्री बन्न पाउने भएकाले पौडेल र जमरकट्टेलबीच प्रतिस्पर्धा भई रहेको छ ।
बागमती प्रदेशमा माओवादीका २१ सांसद छन् ।