काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार खुमलटार पुगेका छन् ।
Advertisement
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनी खुमलटार गएका हुन् ।
पाँचदलीय गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि ओली पहिलोपटक प्रचण्डनिवास पुगेका छन् । एमालेसहित सात दलीय गठबन्धनको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।
बुधबारै बिहान प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
नेताहरूबीच एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल भइरहेको छ । ओली र नेपालको भेट गराउन दोस्रो तहका नेताहरू लागिपरेका छन् ।