काठमाडौं- इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सीले एफसी बर्नमाउथमाथि २–० को जित हात पारेको छ।
Advertisement
मंगलबारको खेलमा जित हात पार्ने क्रममा चेल्सीका लागि खेलको १६औं मिनेटमा काइ हाभर्टेज र २४औं मिनेटमा मासोन माउन्टले गोल गरेका थिए। खेलमा थप गोल हुन नसकेपछि चेल्सीले महत्वपूर्ण तीन अंक हात पारेको हो।
यससँगै चेलसीले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ।
उसले अहिलेसम्म लिगको १५ खेलबाट २४ अंक हात पारेको छ। शीर्ष चारमा रहेको टोटनह्यामभन्दा चेल्सी ६ अंकले पछि छ।