काठमाडौं- नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्णप्रसाद भण्डारी तोकिएका छन्।
Advertisement
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयमा काम गरिसकेका भण्डारीलाई भोलि बुधबारदेखि जिम्मेवारी सम्हाल्ने गरी प्रवक्ता नियुक्त गरिएको हो।
उनी यसअघि झापास्थित २१ नम्बर बाहिनीमा कार्यरत थिए। हालका सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवाललाई फास्ट ट्र्याक अनुगमनलगायत जिम्मेवारी दिइएको जंगीअड्डा स्रोतले जानकारी दिएको छ।