काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज मंगलबार कालो अंगुरको औंसत मूल्य प्रतिकेजी ३१० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, अदुवा, सलमग, मकै बोडी, ब्रोकाउली, बकूला र हरियो तरबुजा प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, अनार, आभोकाडो र शरीफाको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, अमला, सखरखण्ड र तरुल ६६ रुपैयाँ ६७ पैसा, अम्बा १५० रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, सेतो आलु २९ रुपैयाँ, इमली १४५ रुपैयाँ, तराई काउली र स्कूस २५ रुपैयाँ, स्थानीय काउली, भारतीय गोलभेडा, तोरीको साग र रायोको सागको औसत मूल्य ३५ रुपैयाँ रहेको छ ।
यसैगरी, लोकल काक्रो र रातो मूलाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, कागती १०० रुपैयाँ, किवि १७५ रुपैयाँ, अकबरे खुर्सानी ४२५ रुपैयाँ, हरियो खुर्सानी, गान्टे मूला र लौका प्रतिकेजी ६५ रुपैयाँ, लोकल गाजर ५५ रुपैयाँ, गुन्दुक २९० रुपैयाँ, नेपाली गोलेभडा ५० रुपैयाँ, तराई गोलेभडा २५ रुपैयाँ २० पैसा, लोकल सानो गोलभेडा १५ रुपैयाँ, राजमा घिउ सिमी १०५ रुपैयाँ, लोकल घिउ सिमी ७५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ७६ रुपैयाँ ६७ पैसा, घिरौला ९५ रुपैयाँ, चमसूरको साग, चिचिण्डो, सौफको साग, पालूंगो साग, रुख टमाटर, नेपाली मेवा, मेथीको साग र बरेला प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
त्यस्तै, चुकुन्दरको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, कन्य च्याउ १३६ रुपैयाँ, डल्ले च्याउ ३७६ रुपैयाँ, जिरीको साग ३६ रुपैयाँ ६७ पैसा, छडी माछा २४६ रुपैयाँ ६७ पैसा, बचुवा माछा २३६ रुपैयाँ ६७ पैसा, बचुवा माछा २३६ रुपैयाँ ६७ पैसा, मुंगरी माछा २४० रुपैयाँ, रहु माछा ३३० रुपैयाँ, तामा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला ११६ रुपैयाँ ६७ पैसा, निबुवा ४६ रुपैयाँ ६७ पैसा, पार्सले २७५ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, मटरकोशा ५० रुपैयाँ चाइनिज लसुन १७६ रुपैयाँ ६७ पैसा, नेपाली सुन्तला ११० रुपैयाँ र हरियो धनिया ६० रुपैयाँ रहेको छ ।