काठमाडौं- पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर कलाकार दीपकराज गिरीले व्यंग्य गरेका छन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई व्यंग्य गरेका हुन्।
Advertisement
सरकार निर्माणको खेलमा वाम–लोकतान्त्रिक गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्रले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत ६ वटा पार्टीका साथै केही स्वतन्त्र समेतको प्रचण्डको नेतृत्वमा सरकार गठनको निर्णय गर्यो। यो निर्णयसँग संसदीय ठूलो पार्टी नेपाली कांग्रेस सत्ताबाट बाहिरिएको छ।
यही अवस्थाप्रति व्यंग्य गर्दै गिरीले लेखे ‘के को चिन्ता ? शेरबहादुर जी र कांग्रेसको भागमा संसदीय दलको नेता पो छँदै छ नी !’