काठमाडौं– यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ उकालो लागेको जानकारी दिएको छ । गत साताको शुक्रबार सुनको मूल्य तोलामा ९९ हजार ९ सय र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४ सय थियो ।
यो साताको शुक्रबारसम्ममा छापावाल सुनको मूल्य १ लाख ३ सयमा आइपुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८ सय छ ।
यस्तै, साताको आइतबार सुनको मूल्य तोलामा ६ सयले बढेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार १ सयले घटेको थियो । बुधबार एकै दिन ८ सयले बढ्दा विहीबार पुनः ३ सयले बढेपनि शुक्रबार एकै पटक १२ सय प्रतितोलाले मूल्य घटेको थियो ।
यसैगरी, यो साता चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता २० रुपैयाँले चाँदीको मूल्य बढेको जानकारी दिएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ७० थियो । यो साता १३ सय ९० पुगेको छ ।