काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माधव कुमार नेपाल शपथमा उपस्थित हुने भएका छन् ।
Advertisement
तीन दिनयता त्रिवि शिक्षण अस्पतालमा उपचारमा उपचाररत नेपाल अस्पतालबाट नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरुको शपथमा जाने तय भएको समाजवादी प्रेस संगठनका नेता विश्वमणि सुवेदीले जानकारी दिए ।
उनका अनुसार शपथपछि नेपाल फेरि अस्पताल नै फर्किनेछन् । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराउँदै छन् ।