• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

किन बढ्दै छ अपराध ?


बुधबार, पुष ०६, २०७९ मा प्रकाशित

भक्तपुर : मानव अधिकार र आपराधिक घट्ना रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका चारवटै स्थानीय तहसँग समन्वय एवं साझेदारी गर्ने भएको छ। भक्तपुरमा मानव अधिकारका घटना बढ्दै गएपछि त्यसतर्फ चिन्ता व्यक्त गर्दै आज प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तहसँग क्षेत्राधिकार र बजेट रहेकाले उनीहरूसँग समन्वय र साझेदारी गरेर अपराध रोक्न सक्रिय रहने बताएका हुन।

Advertisement

उनले ७५ प्रतिशत हिंसा घरभित्र, आफन्त र चिनेजानेकाबाटै हुने गरेको औँल्याउँदै चिनेजानेकोबाटै १८ वर्षमुनिका बालिका बढी पीडित हुने गरेको बताए। बहुविवाह र बालविवाहलगायत महिला हिंसाबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको बताउँदै उनले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनुपर्नेमा जोड दिए।

स्थानीय तहले महिला, बालबालिकालगायत धेरै क्षेत्राधिकार पाए पनि त्यसलाई समूचितरूपमा व्यवस्थापन गर्न नसक्दा स्थानीय तहमा जानुपर्ने विषय जिल्ला प्रशासन कार्यालयमा आउने र त्यसको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

जिल्लाका चारवटै नगरपालिकामा अपराधका घटना रोक्नदेखि प्रशासनका सेवा लिनसमेत सहज गर्ने गरी कार्य गरेका छौँ भन्दै प्रजिअ शर्माले यसबारेमा निर्वाचन अगाडि जिल्लाका दुई नगरपालिकासँग छलफल भइसकेको र अब बाँकी नगरपालिकासँग छलफल गर्ने बताए।

स्थानीय तहसँग लैङ्गिक हिंसा रोकथाम कोष रहेको बताउँदै उनले अपराध रोकथाम, हिंसा न्यूनीकरण, उद्धार र पुनःस्थापना केन्द्र सञ्चालन गर्नेलगायतका कार्य अगाडि बढाउँदै गाउँगाउँमा चेतना अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक प्रजित केसीले बालश्रमका घटना भने प्रहरीसम्म नआउने गरेको उल्लेख गर्दै स्थानीय तहले हिंसा न्यूनीकरणका लागि कार्यक्रम अगाडि ल्याउनुपर्नेमा जोड दिए। उनले सुरक्षादेखि समुदाय र विद्यालयस्तरमा समेत प्रहरीले सचेतना कार्यक्रम राख्दै आएको जानकारी दिए।

भक्तपुरमा सन् २०२२ जनवरीदेखि डिसेम्बर २१ सम्मको एक वर्षको अवधिमा महिला तथा बालिका गरी ५१ जना बलात्कारबाट पीडित भएका छन् भने चार जना बलात्कार प्रयासबाट र तीन जना बालिका बाल यौन दुव्र्यबहारबाट पीडित भएको प्रहरीको तथ्याङ्कमा छ ।

यस अवधिमा आठ जनाको हत्या भएको छ भने १५ जनाको हत्या प्रयास भएको, ७० जनामाथि अभद्र व्यवहार भएको, एक जनामा जातीय छुवाछूतबाट पीडित भएको, १५ महिला बहुविवाहबाट पीडित भएको, एक सय ५३ जनाले आत्महत्या गरेको, चार जना आत्महत्या दुरुत्साहनमा परेको, एक सय ६८ जनाको सम्बन्धविच्छेद भएको छ । त्यस्तै महिला, पुरुष र बालबालिका गरी यो वर्ष चार सय ४४ जना हराएकामा चार सय २४ जना फेला परेका छन् ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष नारायणप्रसाद न्यौपाने, नेपाल पत्रकार महासङ्घ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकी, नेपाल पत्रकार महासङ्घ भक्तपुरका सचिव सञ्जिव शुभचिन्तक, चाँगुनारायण नगरपालिकाका सूचना अधिकृत नीला घिमिरे, सूर्यविनायक नगरपालिकाका पूर्वउपप्रमुख एवं अधिकारकर्मी जुना बस्नेतलगायतले सबै निकाय सचेत रहेमात्र अपराध न्यूनीकरण गर्न सकिने बताए।

बुधबार, पुष ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.