काठमाडौं- राप्रपाले संसदीय दलको नेता चयन गर्न बैठक बोलाएको छ ।
Advertisement
प्रवक्ता मोहन श्रेष्ठले दिउँसो २ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा दलको नेताका साथै उपनेता र प्रमुख सचेतक पनि चयन बारे छलफल हुने बताइएको छ ।
गत ४ मङ्सिरमा सम्पन्न निर्वाचनबाट राप्रपाको प्रत्यक्ष र समानुपातिक गरी १४ सांसद निर्वाचित भएका छन् ।