काठमाडौं- मंगलबार पनि अमेरिकी डलरको भाउ नेपाली बजारमा उच्च विन्दुमै कायम रहने भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारका लागि अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।
युरोको भाउ पनि मंगलबार उच्च विन्दुमै रहने छ। मंगलबारका लागि युरो १ को खरिद दर १४० रुपैयाँ ३८ पैसा र बिक्री दर १४१ रुपैयाँ २ पैसा कायम गरिएको छ।
चिनियाँ युआन मंगलबारका लागि खरिदतर्फ १८ रुपैयाँ ९४ पैसा र बिक्रीतर्फ १९ रुपैयाँ ३ पैसा कायम गरिएको छ।
साउदी रियाल आजका लागि खरिदमा ३५ रुपैयाँ ९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३५ पैसा कायम गरिएको छ। यस्तै, कतारी रियाल खरिदमा ३६ रुपैयाँ १२ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा तोकिएको छ।
यूएईको दिराम खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा तोकिएको छ। यस्तै, मलेसियाको रिंगिट खरिदमा २९ रुपैयाँ ८४ पैसा र बिक्रीमा २९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।
कुवेती दिनारले सबैभन्दा महँगो मुद्राको रेकर्ड मंगलबार पनि कायम राखेको छ। उक्त मुद्रा मंगलबार खरिदतर्फ ४३० रुपैयाँ ८१ पैसा र बिक्रीतर्फ ४३२ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।
महँगो मुद्राकै रेकर्ड कायम राख्दै बहराइनको दिनार १ को खरिदमा ३५० रुपैयाँ २५ पैसा र बिक्री दर ३५१ रुपैयाँ ८४ पैसा तोकिएको छ।