काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पेरिसडाँडामा सुरू भएको छ। निर्वाचनको समीक्षा र आगामी सरकार गठनबारे छलफल गर्न पदाधिकारी बैठक बाेलाइएकाे हाे।
Advertisement
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निर्माणका लागि अहिलेसम्म भएका प्रयासहरूबारे ब्रिफिङ गर्नेछन्। निर्वाचनको परिणाम पूर्ण रूपमा आइसकेको अवस्थामा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको हो।
देउवा र प्रचण्डबीच प्रधानमन्त्रीको कार्यकाल बाँड्ने विषयमा एकमत भए पनि पहिलो कार्यकालका लागि को भन्ने विवाद छ।