• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

यस्ताे छ प्रदेशसभामा महिला सांसदकाे प्रतिनिधित्व


शनिबार, पुष ०२, २०७९ मा प्रकाशित

काठमाडाैं : गत म‌ंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनकाे सम्पूर्ण परिणाम निर्वाचन आयाेगले सार्वजनिक गरेकाे छ । प्रतिनिधिसभा र प्रदेशसभाकाे समानुपातिकतर्फ दल अनुसारकाे अन्तिम परिणाम सार्वजनिक गरेसँगै बिहीबार आयाेगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाइसकेकाे छ । प्रतिनिधिसभा तथा प्रदेशसभामा कुन दलले कति सिट प्राप्त गरे ? समानुपातिकबाट कति महिला निर्वाचित भए ? सातवटा प्रदेशसभामा महिलाकाे उपस्थितिकाे अवस्था कस्ताे छ ? यस सम्बन्धमा हामीले यहाँ विस्तृत चर्चा गरेका छाैं ।

Advertisement

प्रदेश १ काे प्रदेशसभामा २०७६ साल असाेजमा मनमाेहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयककाे विराेध गर्दै विपक्षी दल नेपाली कांग्रेसका सदस्यहरु तस्बिर : गणेश लम्साल

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट ९ र समानुपातिकबाट ८२ गरी जम्मा ९१ जना महिलाकाे प्रतिनिधित्व भएकाे छ । याे भनेकाे जम्मा ३३.०९ प्रतिशत हाे। यसैगरी सातवटा प्रदेशसभामा महिलाकाे प्रतिनिधित्व कस्ताे हुने भयाे, त्यसलाई हेराैं ।

प्रदेशसभा

नेपालमा सातवटा प्रदेशमा पहिलाे हुने निर्वाचित हुने प्रणाली अन्तर्गत ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट २२० गरी जम्मा ५५० सांसद रहने व्यवस्था छ । प्रदेशसभा सदस्यकाे संख्या प्रदेश अनुसार फरक-फरक छ । संविधानकाे १७६ काे उपधारा ९ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले कम्तीमा एकतिहाइ महिला निर्वाचित गर्नुपर्छ । प्रदेशसभामा पनि प्रत्यक्षतर्फ एकतिहाइ महिला निर्वाचित नगर्ने दलहरूले समानुपातिकबाट प्राप्त गरेकाे सिटमा आफ्नाे दलकाे प्रदेश सांसद संख्याकाे कम्तीमा एकतिहाइ महिला निर्वाचित गर्नुपर्छ । प्रतिनिधिसभाकाे समानुपातिककाे ११० सिट ३ प्रतिशतकाे थ्रेसहाेल्ड कटाउने दलहरूलाई मात्र विभाजन गरिएजस्तै प्रदेशमा पनि प्रदेश अनुसार खसेकाे कुल सदरमतकाे १.५ प्रतिशत थ्रेसहाेल्ड कटाउने दलहरूलाई मात्र विभाजन गरिन्छ ।

हालैकाे चुनावमा प्रदेशसभाका ३३० सिटमा उम्मेदवारी दिएका ३२३४ उम्मेदवारमध्ये २४० जना मात्र महिला थिए । उनीहरूमध्ये १४ जना मात्र निर्वाचित भए । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक-एक गरी २ जना, मधेस प्रदेशमा एमाले, एकीकृत समाजवादी, लाेकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र एक-एक गरी ४ जना, वाग्मतीमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुई-दुई र एकीकृत समाजवादीबाट एक गरी ५ जना महिला प्रत्यक्ष निर्वाचित भएका छन् । त्यसै गरी गण्डकीमा एमालेबाट २ र लुम्बिनीमा माओवादीबाट एक महिला प्रत्यक्ष निर्वाचित भएका छन् । कर्णाली र सुदूरपश्चिम दुवै प्रदेशमा प्रत्यक्षमा महिला उम्मेदवार प्रत्यक्ष निर्वाचित भएनन् ।

प्रदेशकाे समानुपातिकतर्फकाे २२० मध्ये १८७ सिटमा महिला निर्वाचित भए । यसरी जम्मा ५५० प्रदेशसभा सदस्यहरूमा २०१ जना अर्थात् ३६.५५ प्रतिशत महिला निर्वाचित भएका छन् । अब हेराैं, कुन प्रदेशकाे प्रदेशसभामा कति महिला निर्वाचित भएका छन् ।

प्रदेश १

प्रदेश १ मा प्रत्यक्ष ५६ र समानुपातिक ३७ गरी जम्मा ९३ सदस्यीय प्रदेशसभा छ । यसपालि याे प्रदेशमा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी पाँच दलले प्रादेशिक दलकाे मान्यता पाएका छन् भने जसपाले समानुपातिकमा १ सिट प्राप्त गरेकाे छ । यहाँ प्रत्यक्षमा २५ सिट जितेकाे एमाले, १७ सिट जितेकाे नेपाली कांग्रेस र ९ सिट जितेकाे माओवादीबाट एक जना पनि महिला विजयी भएनन् । प्रदेश एकका जम्मा ५६ प्रत्यक्ष सिटमध्ये नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक-एक गरी जम्मा दुई जना महिला निर्वाचित भएका थिए ।

यस प्रदेशमा ३७ वटा समानुपातिक सिटमध्ये नेकपा एमाले र नेपाली कांग्रेसले क्रमश: १५ र १२ सिट जितेका छन् । त्यसै गरी नेकपा (माओवादी केन्द्र) र राप्रपाले चार-चार सिट जितेका छन् भने नेकपा (एस) र जनता समाजवादी पार्टीले पनि एक-एक सिट जितेका छन् । समानुपातिकबाट नेकपा एमालेले १४, कांग्रेसले १०, माओवादीले ४, राप्रपा, एस र जसपाले एक-एक गरी जम्मा ३१ जना महिला निर्वाचित भएका छन् । जसमा प्रत्यक्ष निर्वाचित दुई गरी कुल ३३ जना महिलाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन् । याे भनेकाे प्रदेश एककाे प्रदेशसभा सदस्य संख्याकाे ३५.४८ प्रतिशत हाे ।

मधेस प्रदेश

प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी जम्मा १०७ सदस्यीय मधेस प्रदेशसभा छ । यहाँ प्रत्यक्षतर्फ एमाले, लाेसपा, नेकपा (एस) र स्वतन्त्रबाट एक-एक गरी जम्मा ४ जना महिला प्रत्यक्ष निर्वाचित भएका छन् । मधेस प्रदेशमा सबै गरेर १० दलले प्रतिनिधित्व गर्ने भएका छन् ।

यहाँ समानुपातिकतर्फकाे ४३ सिटमध्ये नेपाली कांग्रेसले प्राप्त गरेकाे ९ सिटमध्ये ८, एमालेले ८ मध्ये ७, जनमत पार्टीले ७ मध्ये ५, जसपाले ७ मध्ये ६, माओवादीले ४ मध्ये ३ सिटमा महिला निर्वाचित गराएका छन् । त्यसै गरी नेकपा (एस) ले ३ मध्ये एक सिटमा, लाेसपाले दुईमध्ये दुवै सिटमा र राप्रपा, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्राप्त गरेका एक-एक सिटमा महिला निर्वाचित भएका छन् । यसरी ४३ सिटमध्ये मधेस प्रदेशमा समानुपातिकबाट ३५ र प्रत्यक्षकाे ६४ सिटमध्ये ४ सिटमा गरी जम्मा ३९ महिला निर्वाचित भएका छन् । याे संख्या १०७ सदस्यीय प्रदेशसभाकाे ३६.४५ प्रतिशत हुन आउँछ ।

वाग्मती प्रदेश

वाग्मती प्रदेशमा प्रत्यक्ष निर्वाचित ६६ र समानुपातिकबाट निर्वाचित ४४ गरी जम्मा ११० सदस्यीय प्रदेशसभा रहेकाे छ । जसमा प्रत्यक्षतर्फ कांग्रेस र माओवादीबाट दुई-दुई र नेकपा (एस) बाट एक गरी जम्मा ५ महिला निर्वाचित भएका छन् ।

प्रदेशसभामा तुलनात्मक रूपमा प्रतिनिधिसभामा भन्दा बढी महिला प्रतिनिधित्व हुने भएकाे छ । प्रत्यक्षमा एक जना पनि महिला निर्वाचित नगरेकाे कर्णाली प्रदेशमा पनि ३७ प्रतिशतभन्दा बढी महिला प्रतिनिधित्व हुने भएकाे छ । प्रतिशतका आधारमा सबैभन्दा थाेरै सूदूरपश्चिम प्रदेशमा ३३.९६ प्रतिशत र सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ३७.९३ प्रतिशत महिला सांसद हुनेछन् । समग्र प्रदेशसभामा भने ५५० जनामा १९९ जना अर्थात् ३६.१८ प्रतिशत महिला हुनेछन् ।

यस प्रदेशमा एमालेले प्राप्त गरेकाे १४ समानुपातिक सिटमध्ये ९ सिटमा महिलालाई निर्वाचित गराएकाे छ भने कांग्रेसले १२ मध्ये ११, माओवादीले ७ मध्ये ५ र राप्रपाले ६ मध्ये ५ सिटमा महिला निर्वाचित गराएका छन् । त्यसै गरी नेकपा (एस) ले प्राप्त गरेकाे दुवै सिटमा महिला, नेपाल मजदुर किसान पार्टीले पनि प्राप्त गरेकाे दुवै सिटमा महिला र हाम्राे नेपाली पार्टीले प्राप्त गरेकाे एक सिटमा महिला निर्वाचित भएका छन् । यसरी वाग्मती प्रदेशसभामा समानुपातिकबाट ३५ र प्रत्यक्ष निर्वाचित पाँच गरी जम्मा ४० जना महिला निर्वाचित भएका छन् । याे भनेकाे ११० सदस्यीय प्रदेशसभाकाे ३६.३६ प्रतिशत हाे ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा ३६ प्रत्यक्ष र २४ समानुपातिक गरी जम्मा ६० सदस्यीय प्रदेशसभा छ । यहाँ प्रत्यक्षतर्फ नेकपा एमालेका दुई जना महिला मात्र विजयी भएका थिए । यस प्रदेशमा समानुपातिकतर्फ एमालेले प्राप्त गरेकाे १० मध्ये ६, कांग्रेसले प्राप्त गरेकाे ९ मध्ये सबै, माओवादीले प्राप्त गरेकाे तीनमध्ये तीनवटैमा र राप्रपाले प्राप्त गरेकाे दुईमध्ये एक सिटमा महिला निर्वाचित भएका छन् ।

समानुपातिकतर्फकाे १९ र प्रत्यक्षकाे २ गरी गण्डकी प्रदेशमा जम्मा २१ महिला निर्वाचित भएका छन् । याे संख्या ६० सदस्यीय प्रदेशसभाकाे ३५ प्रतिशत हुन आउँछ ।

प्रदेशसभामा तुलनात्मक रूपमा प्रतिनिधिसभामा भन्दा बढी महिला प्रतिनिधित्व हुने भएकाे छ । प्रत्यक्षमा एक जना पनि महिला निर्वाचित नगरेकाे कर्णाली प्रदेशमा पनि ३७ प्रतिशतभन्दा बढी महिला प्रतिनिधित्व हुने भएकाे छ । प्रतिशतका आधारमा सबैभन्दा थाेरै सूदूरपश्चिम प्रदेशमा ३३.९६ प्रतिशत र सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ३७.९३ प्रतिशत महिला सांसद हुनेछन् । समग्र प्रदेशसभामा भने ५५० जनामा १९९ जना अर्थात् ३६.१८ प्रतिशत महिला हुनेछन् ।

लुम्बिनी प्रदेश 

लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ५२ र समानुपातिककाे ३५ गरी जम्मा ८७ सदस्य रहने व्यवस्था छ । यस प्रदेशमा पहिलाे हुने निर्वाचित हुने अर्थात् प्रत्यक्षतर्फ माओवादीबाट मात्र एक जना महिलाले जितेकी छन् ।

यहाँ समानुपातिकबाट भने ३५ मध्ये ३२ सिटमा महिला निर्वाचित भएका छन् ।

एमालेले समानुपातिकबाट प्राप्त गरेकाे ११ मध्ये १०, कांग्रेसले १० मध्ये ९, माओवादीले ४ मध्ये ३ सिटमा महिला निर्वाचित गरेका छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले समानुपातिकतर्फ दुई-दुई सिट प्राप्त गरेका थिए । यी तीनै दलले आफूले प्राप्त गरेकाे सबै सिटमा महिला निर्वाचित गराएका छन् । त्यसै गरी समानुपातिकतर्फ एक सिट प्राप्त गरेका जसपा, नेकपा एस, लाेसपा र राष्ट्रिय जनमाेर्चाले पनि महिलालाई निर्वाचित गराएका छन् । प्रत्यक्षकाे एक र समानुपातिककाे ३२ गरी लुम्बिनी प्रदेशमा ३३ जना अर्थात् ३७.९३ प्रतिशत महिलाले प्रतिनिधित्व गर्नेछन् ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशसभा संख्याकाे हिसाबले सबैभन्दा सानाे प्रदेशसभा हाे । प्रत्यक्षमा २४ र समानुपातिकमा १६ गरी जम्मा ४० सदस्यीय प्रदेशसभामा प्रत्यक्षबाट एक जना पनि महिला निर्वाचित भएनन् । प्रत्यक्षबाट कुनै महिला निर्वाचित नभएपछि कर्णाली प्रदेशसभामा समानुपातिकबाट मात्र महिला प्रतिनिधित्व भएकाे छ । कर्णालीमा समानुपातिकतर्फकाे १६ सिटमध्ये १५ सिटमा महिला निर्वाचित भएका छन् ।

यस प्रदेशमा समानुपातिकबाट एमाले र कांग्रेसले पाँच-पाँच, माओवादीले ४ र नेकपा (एस) र राप्रपाले एक-एक सिट जितेका थिए । जसमध्ये एमालेले ४, कांग्रेसले ५, माओवादीले ४ र राप्रपा र एसले एक-एक महिलालाई निर्वाचित गराएका छन् । यसरी ४० सदस्यीय यस प्रदेशसभामा ३७.५ प्रतिशत अर्थात् १५ जना महिलाले प्रतिनिधित्व गर्नेछन् ।

सुदूरपश्चिम प्रदेश 

सूदूरपश्चिम प्रदेशमा प्रत्यक्षबाट ३२ र समानुपातिकबाट २१ गरी जम्मा ५३ सदस्यीय प्रदेशसभा छ । याे प्रदेशमा पनि राजनीतिक दल तथा स्वतन्त्रबाट गरी एक जना पनि महिला प्रत्यक्ष निर्वाचित भएनन् । समानुपातिकतर्फ भने २१ सिटमध्ये १८ सिटमा महिला निर्वाचित भएका छन् ।

यस प्रदेशमा समानुपातिकबाट एमाले र कांग्रेसले सात-सात, माओवादीले तीन, नागरिक उन्मुक्ति पार्टीले दुई र राप्रपा र नेकपा (एस) ले एक-एक सिट प्राप्त गरेका थिए । जसमध्ये एमालेले चार सिटमा मात्र महिला निर्वाचित गराएकाे छ भने अन्य दलले आफूले प्राप्त गरेका सबै सिटमा महिला निर्वाचित गराएका छन् । यसरी सुदूरपश्चिम प्रदेशमा १८ जना अर्थात् ३३.९६ प्रतिशत महिलाले प्रदेशसभामा प्रतिनिधित्व गर्नेछन् ।

नेपाल चेक डटकमबाट

शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नारायणगढ-मुग्लिन सडक खुल्यो
हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन
धनगढीमा कोमात्सु आधिकारिक स्पेयर पार्ट्स आउटलेट सञ्चालनमा
पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.