• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

बर्लिनमा होटेलको एक्वेरियम विस्फोटका कारण कम्तीमा एक हजार ५०० माछाको मृत्यु


शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित

बर्लिन : बर्लिनमा शुक्रबार रेडिसन ब्लु होटलको एक विशाल एक्वेरियम विस्फोट भई भल बग्दा करिब एक हजार ५०० उष्णकटिबंधीय माछा होटल परिसर र नजिकैको छरप्रस्ट भएपछि पानीको अभावमा ती सबै माछा मरेका छन्।

Advertisement

स्थानीय समयअनुसार बिहान ५ः५० बजे १४ मिटर अग्लो बेलना आकारको एक्वेरियम विस्फोट हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

बर्लिनको अग्नि नियन्त्रक विभागका प्रवक्ताले एएफपीसँग भने, ‘एक्वेरियम रहेको होटल परिसरको भुइँतलामा रहेको १० लाख लिटर पानी र भित्रका सबै माछा बगेर मरेका छन्।’

होटलका अतिथिहरूले ठूलो धमाका र सानो भूकम्प गएजस्तो आवाजपछि आफूहरू ब्यूँझिएको रिपोर्ट गरेका छन्।

सिसाको छर्राबाट दुई जनालाई हल्का चोट लागेको र उनीहरुलाई अस्पताल लगिएको र सबै माछा मरेको बताइएको छ।

बर्लिनका मेयर फ्रान्जिस्का गिफीले भने, ‘यो पूर्ण सुनामीजस्तै थियो।’ भाग्यबस यो घटना बिहानै भएको थियो र निकै थोरै मानिस मात्र घटनास्थल वरपर थिए।

उनले भने, ‘हामीले देखेको भयानक विनाशको बावजुद संयोगबस मानिसहरू गम्भीर घाइते भएका छैनन्।’ उनले पत्रकारहरूसँग भने। ट्याङ्कीमा रहेका एक हजार ५०० माछालाई भने बचाउन नसकिएको गिफीले बताए।

घटनास्थलमा तत्काल १०० भन्दा बढी आपतकालीन कर्मचारीहरू पुग्दा घटनास्थल सिसा र अन्य भग्नावशेषले छरपष्ट थियो।

बेलना आकारको उक्त विशाल एक्वेरियम लामो समयदेखि बर्लिनमा एक लोकप्रिय पर्यटक आकर्षणका रूपमा रहेको थियो।

सी लाइफ वेबसाइटका अनुसार, एक्वेरियम विश्वको सबैभन्दा ठूलो बेलना आकार (फ्रीस्ट्यान्डिङ एक्वैरियम) हो।

होटलकी अतिथि क्लाउडिया गोन्जालेसले एक्वेरियम फुट्दा आफू ओछ्यानबाट लडेको बताए। उनले एएफपीसँग भने, ‘उक्त समय आतिशबाजीको जस्तो आवाज आएको थियो र होटल भित्रभित्रै हल्लिएको थियो।’

होटल वरपरको क्षेत्र दिउँसोसम्म सिल गरिएको थियो।

पानीको बाढीले झ्याल र ढोका हरू भत्काएर होटल बाहिरको गल्लीमा कुर्सी, टेबुल र साना विरूवाका गमलाहरू लडाएको थियो। होटेलमा बस्ने पाहुनाहरूबाट अनलाइनमा प्रसारित तस्वीरहरू र भिडियोहरूमा पारदर्शी एक्वेरियममा व्यापक क्षति भएको देखिन्छ। त्यहाँ केवल फ्रेम मात्र देखिन्छ।

शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.