काठमाडाैं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ।
Advertisement
चीनमा उपचाररत पुनकाे स्वास्थ्यमा सुधार आएकोले उनी अब एक सातापछि नेपाल फर्कने उनको सचिवालयले जनाएकाे छ।
वर्षमान केही समयदेखि वंशाणुगत जण्डिसबाट पीडित छन्। चुनावी धपेडीका कारण जण्डिस फेरि बल्झिएपछि उनी गत मंसिर १६ गते फलोअप उपचारका लागि चीन गएका थिए।
उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ। वर्षमानको स्वास्थ्यमा सुधार भइरहेको पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले जानकारी दिइन्।