• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

मेस्सीको वेगलाई रोक्न सक्ला फ्रान्सले ? यस्तो छ विगत


शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित

काठमाडौं- कतार विश्वकप अन्तिम चरणमा आइपुगेको छ। फाइनल खेल्ने टिम तय भइसकेको छ भने त्यसअघि सेमिफाइनलमा पराजित भएका दुई टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन्। तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोले प्रतिस्पर्धा गर्ने छन्।

Advertisement

फाइनलमा भने दुई दुई पटकका विजेता अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमा आबद्ध दुई स्टार खेलाडीबीचको फाइनल भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ। अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल आइतबार राति पौने ९ बजे सुरु हुने छ। फ्रान्स साबिक विश्वकप विजेता टोली समेत हो।

खेल पनि एक युद्ध जस्तै हो। खेलकुदमा पनि खेलाडीहरू जितका लागि लड्छन् । उनीहरू निकै संघर्ष गर्छन् र विपक्षीलाई रोक्न कुनै पनि हदसम्म जान्छन् । यी दुई ‘संघर्ष’मा के फरक छ, त्यो जित–हारको टुङ्गो लागेपछि थाहा हुन्छ ।

फ्रान्सलाई चेतावनी
फ्रान्सको टोलीले विश्वकपको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराएर फाइनलमा आफ्नो स्थान पक्का गर्‍यो । तर यो सफलताको घमण्ड गर्ने अवसर होइन, भुईँमा खुट्टा राख्ने अवसर हो भन्ने कुरा उनलाई थाहा छ ।

आइतबार डिसेम्बर १८ मा लियोनल मेस्सीको अर्जेन्टिनाको टोलीसँग प्रतिस्पर्धा छ जो फ्रान्सको तुलनामा २१ छैन भने १९ पनि छैन । अर्थात् प्रतिस्पर्धा बराबरीको शक्तिसँग छ ।

दुई सेमिफाइनल खेलको तुलना गर्ने विज्ञहरूले पनि मोरक्कोविरुद्धको प्रदर्शनपछि फ्रान्सलाई चेतावनी दिन थालेका छन्। फ्रान्सका फुटबल विशेषज्ञ जुलियन लरेन्स पनि तीमध्ये एक हुन्।

‘यदि तपाईँ आइतबार अर्जेन्टिना विरुद्ध यसरी खेल्नुभयो भने तपाईँ जित्न सक्नुहुन्न,’ फ्रान्सलाई चेतावनी दिँदै लरेन्स भन्छन्।

फ्रान्सविरुद्ध मोरक्कोको टोलीले कुनै गोल गर्न सकेन तर आक्रमणमा भने कुनै कसर बाँकी राखेन । धेरै अवसरहरू सिर्जना गरेको थियो । मोरक्कोको टोलीले त्यसलाई सदुपयोग गर्न नसके पनि अर्जेन्टिनाको हातमा यस्तो अवसर आयो भने मेस्सीको टोलीले गुमाउने सम्भावना निकै कम भएको धेरै विज्ञहरूको भनाइ छ।

फाइनल खेल हुन अझै बाँकी रहे पनि अर्जेन्टिनासँगको भिडन्तको टुङ्गो लाग्ने बित्तिकै फ्रान्सेली टोली वरिपरि दबाबको घेरा बन्न थालेको छ । एम्बाप्पे जस्ता खेलाडी मात्रै होइन, टोलीका समर्थकलाई पनि यो कुरा थाहा छ ।

सेमिफाइनलमा टोलीको उत्साह बढाउन कतारको अल बेट स्टेडियम पुगेका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन पनि त्यस्ता समर्थकमा परेका छन् र उनी पनि खेलाडीमाथिको दबाब कम गर्ने प्रयासमा छन् ।

म्याक्रोन भन्छन्, “हाम्रा खेलाडीहरू केवल खुशी चाहन्छन्। खेलकुद, विशेष गरी फुटबलले हासिल गरेको यही हो। हामीले धेरै पीडा भोग्यौँ, तर हामीले उत्कृष्ट टोली देखिरहेका छौँ। हाम्रा प्रशिक्षक र यो टोलीलाई धेरै धेरै धन्यवाद।”

६० साल पुरानो रेकर्डमा नजर

खेलाडीहरूले नम्रता देखाउँछन् र अनुभवी समर्थकहरू आशाहरू खेलाडीहरूमाथि बोझ नबनोस् भन्ने चाहन्छन् । तर, टोलीका प्रबन्धक डिडीएर देशाम्सलाई विश्वकपको अन्तिम खेलमा के हासिल गर्ने हो भन्ने थाहा छ।

उनी भन्छन्, “भावनाहरू हाबी हुन्छन्। हामी आफैँमा गर्व गर्छौँ र अब निर्णायक अन्तिम चरण मात्र छ।”

देशाम्सले फ्रान्सका लागि सन् १९९८ मा खेलाडीको रूपमा विश्वकप जितेका थिए । २०१८ मा प्रशिक्षकको रूपमा, उनले टोलीलाई च्याम्पियन बनाए र अब उनी ब्राजिल टोलीले १९६२ मा गरेको करिश्मा दोहोर्‍याउन चाहन्छन्।

६० वर्षअघि ब्राजिलले लगातार दुई पटक ९१९५८ र १९६२ मा० विश्वकप जितेको थियो। त्यसपछि अन्य कुनै टोलीले यो उपलब्धि हासिल गर्न सकेको छैन । देशाम्सलाई थाहा छ कि उनीहरूको टोली र यो चमत्कारको बीचमा एक कदम मात्र छ।

उनको नजर अर्को कीर्तिमानमा छ । अहिलेसम्म भिटोरियो पोत्सो मात्र यस्ता प्रशिक्षक रहेका छन् जसले आफ्नो टोलीलाई दुई पटक विश्वकप जिताउन सफल भएका छन् । उनी इटालीको सन् १९३४ र १९३८ को विश्वकप जितमा सहभागी थिए।

सेमिफाइनलमा फ्रान्सका लागि पहिलो गोल गर्ने थियो हर्नान्डेजको आँखामा पनि आशाको किरण छाएको छ ।

उनी भन्छन्, “लगातार दुई विश्वकपको फाइनल खेल्न पाउनु अविश्वसनीय क्षण हो। हामीले राम्रो खेल देखाएका छौँ। यो कठिन खेल थियो, तर अब हामी फाइनलमा छौँ।”

अङ्कले प्रशिक्षक र खेलाडीहरूको आशालाई बल दिइरहेको छ। सन् १९९० को दशकदेखि फ्रान्स विश्वकपमा सबै कुरा दाउमा लगाउने र उत्कृष्ट नतिजा ल्याउने टोलीको रूपमा उभिएको छ।

फ्रान्सका दमदार रेकर्ड
– फ्रान्सेली टोली पछिल्ला सात विश्वकपमध्ये चार पटक फाइनलमा पुगेको छ।
– फ्रान्सेली टोली सन् २०२२ अघि सन् १९९८, २००६ र २०१८ मा फाइनलमा पुगेको थियो ।
– फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप जितेको थियो ।
– सन् २०१८ को विश्वकपमा अर्जेन्टिनामाथि फ्रान्सको टोली भारी थियो ।
– फ्रान्स र अर्जेन्टिना सन् २०१८ को क्वार्टरफाइनलमा भिडेका थिए ।
– उक्त खेल फ्रान्सले ४–३ को अन्तरले जितेको थियो ।
– उक्त खेलमा फ्रान्सको वर्तमान टोलीका सुपरस्टार एमबाप्पेले दुई गोल गरेका थिए ।

तर अर्जेन्टिना पनि कम छैन

तर, अहिलेको अर्जेन्टिनाको टोली चार वर्षअघि क्वार्टरफाइनलबाट बाहिरिएको टोलीभन्दा फरक रहेको धेरै विज्ञहरूले चेतावनी दिएका छन् । उसले फ्रान्सको हैसियतमा भन्दा पनि उसको कमजोरीहरूमा बढी ध्यान केन्द्रित गरिरहेको हुनेछ ।

फुटबल विज्ञ जुलियन लरेन्स भन्छन्, ‘मलाई लाग्छ ९मोरक्कोविरुद्धको सेमिफाइनलको० नतिजाबाट मानिसहरू खुसी छन् र यो खेलमा नतिजाले महत्त्व राख्छ, तर केही मानिसहरू छन् जसले यति धेरै प्रतिभा भएको फ्रान्सको टिमले अझै राम्रो खेल्नुपर्छ विश्वास गर्छन् ।”

इङ्ल्यान्डका पूर्व खेलाडी ग्यारी लिनेकरले अर्जेन्टिनाको टोलीमा केही विशेष देखेका छन् । मेस्सीको टोलीमा सन् १९८६ मा विश्वकप जितेको डिएगो मारोडानाको टोलीको छाप भएको उनी देख्छन्।

ग्यारी भन्छन्, “अर्जेन्टिनाका खेलाडीहरू धेरै आक्रामक छन्। तिनीहरूसँग धेरै बलियो खेलाडीहरू छन्। हरेक खेलाडीसँग धेरै सीप हुँदैन, तर १९८६ को टोलीमा खोर्खे भाल्डानो जस्तै यो टोलीमा जुलियन अल्भारेज छन् । यदि उति बेलाको टिमसँग म्याराडोना जस्तो प्रतिभा थिए भने, मेस्सी यो टोलीमा छन् ।”
इंग्ल्याण्डका अर्का पूर्व खेलाडी रियो फर्डिनान्ड भन्छन्, “जब मानिसहरूले म्याराडोना वा मेस्सी को राम्रो भनेर सोध्छन्, मानिसहरूले जवाफ दिन्छन् कि मेस्सीले विश्वकप जितेका छैनन्। यो उनको प्रतियोगिता हुन सक्छ।’

धेरैजसो विज्ञहरू फ्रान्सले अर्जेन्टिनासँग कडा प्रतिस्पर्धा गर्न सक्ने धारणा राखेका छन् । फाइनललाई मेस्सी र एमबाप्पेबीचको भिडन्तको रूपमा हेरिरहेका मानिसहरूलाई विज्ञहरू मेस्सी पनि कम नभएको स्मरण गराउँछन्।

दिग्गजहरूमा कति शक्ति
फ्रान्सका एमबाप्पेले जारी प्रतियोगितामा पाँच गोल गरेका छन् भने अर्जेन्टिनाका मेस्सीले पनि पाँच गोल गरेका छन् । फ्रान्सका ओलिभियर गिराउडले चार गोल गरेका छन् भने अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले पनि चार गोल गरेका छन् ।

अङ्कमा सन्तुलन लगभग बराबर छ। अब यो जितको सङ्कल्प र जोसको कुरा हो। मेस्सी आफ्नो पहिलो विश्वकप जित्न कटिबद्ध हुनेछन् वा एमबाप्पे र उनका साथीहरूले फ्रान्सलाई ब्राजिलको ६० वर्ष पुरानो कीर्तिमान बराबर गर्ने मौका दिनेछन्।

प्रतीक्षा आइतबारको छ, जब विश्वका दुई महान् टोलीहरू र तिनीहरूका सबैभन्दा उत्कृष्ट र सबैभन्दा जीवन्त खेलाडीहरू लड्नेछन् । सबै कुरा दाउमा हुनेछ तर अन्तमा जित भने खेलको नै हुनेछ ।

फ्रान्स र अर्जेन्टिनाको फाइनलसम्मको यात्रा

साबिक विजेता फ्रान्सले सेमिफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने अर्जेन्टिनाले साबिक उपविजेता क्रोएसियालाई ३–० गोलले पराजित फाइनल यात्रा तय गरेको हो।

यी दुवै टोलीले समूह चरणमा एक÷एक खेल हारेको थिए ।

अर्जेन्टिना

उपाधि दाबेदार अर्जेन्टिनाले विश्वकपकै सुरुवात हारबाट गरेको थियो। साउदी अरेबियासँग २–१ ले स्तब्ध भएको अर्जेन्टिनाले त्यसपछि भने जित निकाल्दै फाइनलसम्म आइपुगेको छ। लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले पछिल्लो खेलहरूमा सहज रूपमा जित हात पारेको छ। यस पटक अर्जेन्टिना च्याम्पियन बन्दै ३६ वर्षको विश्वकप उपाधि खडेरी तोड्न चाहन्छ।

२०१८ को विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको अर्जेन्टिना २०१४ मा फाइनल पुगेको थियो । तर अतिरिक्त समयमा गोल व्यहोर्दै जर्मनीसँग पराजित भएको थियो। यस पटक भने अर्जेन्टिना विश्वकपको उपाधि चुम्न चाहन्छ। अर्जेन्टिना क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

फ्रान्स
फ्रान्स साबिक विजेता टोली हो। साबिक विजेता फ्रान्स कतार विश्वकपमा मुख्य उपाधि दाबेदारको रूपमा लिइएको छ। ट्युनिसियासँगको खेलबाहेक फ्रान्सले अरू खेलमा विपक्षीलाई आफूमाथि हाबी हुने मौका दिएको छैन । यति बेला फ्रान्समा खेलाडीहरू पनि लयमा छन्। फ्रान्सले क्वार्टरफाइनलमा युरोपकै कडा प्रतिद्वन्द्वी इंग्ल्यान्डलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो भने सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलेले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। फ्रान्सले हालसम्म दुई पटक विश्वकप जितेको छ।

 

 

शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश
अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.