• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

शीतलहरले चिसिएको नेपालगञ्जमा नेपथ्यको न्यानो


शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित

नेपालगञ्ज- दिउँसो अबेला मात्र घाम देखिएको नेपालगञ्जमा बेलुकीको चिसो बढ्दै गएको थियो। घडीको सुई ‘ठीक छ’मा पुग्नासाथ पर्दामा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्न थाल्यो। त्यतिबेलै त्यहाँ वायु होइन, आवाजले गर्दा एक्कासी तापक्रम बढेको महशुस भयो।

Advertisement

मञ्चको निकै अगाडि रंगशालाको प्यारापिटमा सपरिवार बसेका लक्ष्मीकान्त उपाध्यायको निम्ति यो सुखद् क्षण थियो। किनभने अगाडि प्रस्तुत भइरहेको गीत कुनैबेला उनैको संकलनबाट नेपथ्यले प्राप्त गरेको थियो। डोल्पा दुनैका बासिन्दा लक्ष्मीकान्तले यो गीत दशकौंअघि सुनेका थिए। त्यसमा केही जुम्लाका प्रभावहरू मिसाएर तयार पारेको यो गीतलाई झण्डै डेढ दशकदेखि नेपथ्यले गाउँदै आएको छ।

अनि यो क्षणलाई प्रत्यक्ष साक्षात्कार गर्नकै निम्ति उनी अघिल्लो दिन मात्रै डोल्पादेखि नेपालगञ्ज आएका थिए। डोल्पा जिल्ला अस्पतालमै कार्यरत चिकित्सक छोरा र बुहारीको साथमा नेपालगञ्ज रंगशालामा लक्ष्मीकान्त उपस्थित थिए।

‘यो गीत गाएर नेपथ्यले मेरो भेगलाई संसारभर पु¥याइरहेको छ,’ लक्ष्मीकान्तको प्रतिक्रिया थियो, ‘आफैंले संकलन गरेको गीत यसरी भव्य किसिमले सुन्न पाउँदा एकदमै रमाइलो लागिरहेको छ।’

यसरी दुईवटा म्यूजिक भिडियो देखाएपछि लगत्तै मञ्चमा चढेको नेपथ्य टोलीले पहिलो प्रस्तुतीका रूपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनाएको थियो। नेपथ्य ब्यान्डकै यो पहिलो सिर्जना यसअघि गत साता हेटौंडा कन्सर्टमा पनि पहिलो गीतका रूपमा प्रस्तुत भएको थियो।

स्थापनाकालीन गीत प्रस्तुत गरिरहँदा मञ्चको पृष्ठभूमिमा स्थापनाकालीन नेपथ्यकै टोलीका तस्बिरहरू देखाइएको थियो। गीत अघि बढ्दै जाँदा ब्यान्डले बितेका ३३ वर्षमा गरेको यात्राको झलक आउनेगरी तस्बिरहरूको संयोजन गरिएको थियो।

यसरी १० वर्षको अन्तरालपछि नेपथ्य नेपालगञ्जमा दोस्रोपटक प्रस्तुत भएको छ।
अघिल्लोपटक ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर ब्यान्ड सन् २०१२ मा यहाँ आएको थियो। त्यतिबेला यहाँस्थित बागेश्वरी चलचित्र मन्दिरमा कन्सर्ट देखाइएको थियो भने यसपाला पहिलोपटक नेपालगञ्जका दर्शकहरूमाझ खुला आकाशमुनि बनाइएको विशाल मञ्चमा नेपथ्य प्रस्तुत भएको छ।

विराटनगर, वीरगञ्ज, हेटौंडा र चितवनपछि यो यसपटकको शृंखलामा पाँचौं प्रस्तुती थियो। अघिल्ला कन्सर्टहरू जस्तै यसमा पनि मैदान भरिएका दर्शकहरूको उत्साहपूर्ण भव्य उपस्थिति देखिन्थ्यो।

बिहीबार बेलुकीको कार्यक्रममा नेपथ्यले दोस्रो गीतका रूपमा ‘भेडाको ऊनजस्तो’ प्रस्तुत ग¥यो। त्यतिबेला सधैंजस्तै नेपालगञ्जमा पनि इफेक्टको प्रयोग गरेर मञ्च अगाडि हिउँ झरेको देखाइएको थियो। कार्यक्रम अघि बढ्दै जाने क्रममा टोलीले ब्यान्डको अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाएर सुनायो।

त्यसपछि भने ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ दर्शकसँग भलाकुसारी गर्न अघि बढे।

‘संगीत सँगसँगै मानवताको सेवा गर्ने उद्देश्यले यहाँ आउनुभएका सबै दर्शकलाई स्वागत गर्न चाहन्छु,’ उनले थपे, ‘हिमाल, पहाड र मधेशदेखि नेपालगञ्जमा जम्मा भई यो ठाउँ गुलजार बनाइदिने तपाईंहरू सबैलाई धन्यवाद।’

त्यसपछि उनले शुरु गरेः

‘खान्न म त लामपाते सुरती
लाउँ कि नलाउँ जुग जाने पिरती’

त्यसपछि पनि नेपथ्यका पुरानै गीतहरू ‘चरि म¥यो’ र ‘जोमसोमे बजारमा’ले निरन्तरता पाएका थिए।

‘जोमसोम छेउमा डोल्पा छ, डोल्पायता जुम्ला र कैलाश मानसरोवर देखिने हुम्ला झनै राम्रो, मुगु राराको झन् के कुरा?’ अमृतले नेपालगञ्जकै मास्तिर रहेका भेगको सौन्दर्य उल्लेख गरे, ‘भाग्यले जन्म लिएको यस्तो देशमा सबैले घुमौ है।’

संसारभरिका मानिस घुम्न आउने यो मुलुकमा नेपालीले झनै घुम्नुपर्ने सल्लाह दिँदै उनले भने, ‘खाएको कुरा हराएर जान्छ, देखेको सम्झना कहिल्यै मेटिँदैन।’

त्यसपछि अमृतले धौलागिरितिर तयार पारिएको गीत सुनाएः

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

अमृतले नेपालगञ्ज आएकोबेला धम्बोजी चोकैमा गाडाका गाडा मानिसहरू भारततिर गइरहेको दृश्य देखेको सुनाउँदै उहिलेदेखिको लाहुरे परम्परा सम्झे र त्यसैसँग जोडिएको गीत ‘नैना ताल’ सुनाए।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए।

घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्न पुगेका मुलुकभरका नागरिकहरूको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो। यसै क्रममा ब्यान्डको अर्को सर्वकालीक हिट गीत ‘यो जिन्दगानी’ गाउँदै गर्दा मञ्चको पृष्ठ भागमा आश्रमकै आश्रित मानवहरूको मनछुने तस्बिरहरू देखाइएको थियो।

‘यहाँभन्दा माथि कर्णालीमा हाम्रै दाजुभाइ सिटामोल नपाएर मनुपर्ने अवस्था छ भने तल यी शहर बजारका सडकमा आश्रितहरूको बिजोग देख्नुपर्छ,’ गायक अमृत भनिरहेका थिए, ‘सडक आश्रितमुक्त मुलुक बनाउने मानवसेवा आश्रमको प्रयासमा सबैले सघाइदिऊँ है।’

गुरुङले मंगलबार मात्रै ‘मानव सेवा आश्रम’को नेपालगञ्जस्थित शाखा कार्यालय भ्रमण गरेका थिए। त्यतिबेला उनले यस आश्रमले मुलुकभर सडकमा आश्रित रहेकाहरूलाई खाना र छाना दिने काम गरेकैबाट प्रभावित भइ आफ्नो ब्यान्डलाई अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ मोड्न खोजेको प्रष्ट पारेका थिए।

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’को पालो आइपुग्यो। अमृतले मञ्चबाट यो गीत गाइरहँदा नेपालगञ्ज रंगशालामा भरिएका अधिकांश दर्शकहरूले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो।

त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः

‘समाजलाई फेर्छु भन्नेहरू आफैं फेरिएको देख्दा हामी तीनछक परेका छौं। देश बनाउन अब हामी नै एकजुट बनौं है।’

धुनकै क्रममा गायकबाट आएको यो आह्वानले नृत्यरत दर्शकमा अझ उत्तेजना थपेको थियो।

कार्यक्रमको अन्त्यतिर सधैंजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरू ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो।

दर्शकदिर्घाको पहिलो लहरमै सबै उमेर समूहका महिलाहरूको शुरुदेखि अन्तिमसम्म एकोहोरो नृत्यले पनि फरक–फरक दर्शकमा कन्सर्टले पारेको प्रभाव देखिन्थ्यो। कार्यक्रमकै बीच गायक अमृतले आफूलाई सघाउने साथीहरू ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीको परिचय गराएका थिए।

संगीतका साथै मानवता प्रबर्द्धनका लागि नेपथ्यको यो श्रृंखलाबद्ध कन्सर्टले नेपालगञ्जमा लगातार पाँचौं सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी व्यक्त गरे। ‘नेपालगञ्जमा सडकमा आश्रित आमा बुवाहरूलाई व्यवस्थित छाना र खानाको प्रबन्ध गर्न हामी सफल भइसकेका छौं,’ उनले भने, ‘अब आफ्नै भवन बनाएर यो प्रयासलाई संस्थागत तुल्याउने लक्ष्यअनुसार कन्सर्टको आयोजना गरेका हौं।’

हाल सुर्खेत रोडमा शाखा कार्यालय रहेकामा अब भने आश्रमले नेपालगञ्जकै दानमा प्राप्त जग्गामा आफ्नै भवन बनाउने योजना लिएको छ।

नेपालगञ्जको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुई बसमार्फत् शुक्रबार धनगढीतर्फ प्रस्थान गर्दैछ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित ‘धनगढी रंगशाला’मा नेपथ्य ३ पुस आइतबार प्रस्तुत हुँदैछ।

शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.