काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि निगमले आवेदन आह्वान गरेको हो ।
Advertisement
रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हो । साथै आन्तरिक प्रतियोगात्मक परीक्षाद्वारा हुने बढुवाबारे पनि सूचनामा उल्लेख छ ।
आवेदन दिन योग्य नागरिकलाई पुस २१ गतेभित्र आवेदन दिन निगमले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर सात दिन पछिसम्म अर्थात् पुस २८ सम्म आवेदन दिन सकिनेछ ।
