काठमाडौं । पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिड पुगेर प्रशिक्षण शुरु गरेका छन् । रोनाल्डो क्लबविहिन भएसँगै स्पेनिस क्लब रियल मड्रिडको ट्रेनिङ मैदान पुगेर प्रशिक्षण शुरु गरेका हुन्।
Advertisement
विश्वकप सुरु हुनुअघि म्यानचेस्टर युनाइटेड छाडेका उनी अहिले फ्री एजेन्ट रहेका छन् । रोनाल्डोको आग्रहपछि रियलले उनलाई ट्रेनिङ सेन्टर उपलब्ध गराएको बीबीसीले जनाएको छ।
रियल रोनाल्डोको पूर्व क्लब समेत हो । रोनाल्डो २००९ मा म्यानचेस्टर युनाईटेडबाट रियल आएका थिए । तर, उनी २०१८ मा रियल छाडेर युभेन्ट्स गएका थिए । रोनाल्डो २०२१ मा युभेन्ट्स छाडेर युनाईटेड फर्किएका थिए ।