काठमाडौं- मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित फल्याक जाने पक्की पुल नजिक गुल्मी कालीगण्डकी गाउँपालिका-७ छापाचौरस्थित दुर्गा भवन माध्यमिक विद्यालयबाट मुस्ताङ भ्रमणको लागि आएको ग.१ ख ७६८३ नम्बरको बसको ढोकाबाट खसेर सोही बसमा सवार गुल्मी कालीगण्डकी गाउँपालिका-७ बस्ने १९ वर्षीय मेघ बहादुर परियारको मंगलबार दिउँसो मृत्यु भएको छ । बसबाट खसेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मुस्ताङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-५ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जस्थित सडकमा से.७ प २८४२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएर मंगलबार दिउँसो दुर्घटनामा हुँदा मोटरसाइकल चालक कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने २४ वर्षीय हरिश ऐरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।