एजेन्सी– इटालीको एक क्याफेमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा इटालीकी नयाँ प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु भएको छ ।
घटनामा अन्य चार जना घाइते भएका छन् । स्थानीयबासीको एउटा समितिको बैठकमा गोली चलेको थियो ।
रोमका मेयर रोबर्टो ग्वाल्टेरीले गोलीबारीलाई ‘हिंसाको गम्भीर घटना’ भन्दै सोमबार आपतकालीन बैठकमा भाग लिने बताए । ५७ वर्षीय एक संदिग्ध हिरासतमा छन् । समाचारअनुसार समितिका केही सदस्यसँग उनको विवादको इतिहास छ ।
घाइतेमध्ये दुई महिला र दुई पुरुष रहेका छन् ।
प्रधानमन्त्री जर्जिया मेलोनीले मारिएका एक महिला आफ्नी साथी निकोलेटा गोलिसानो भएको बताएकी छन् ।
Advertisement