• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

स्काउटका संयोजक भण्डारी विचौलिया बने, मानहानी मुद्दा हाल्छु : सांसद खड्का (भिडियोसहित)


आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित

काठमाडौं- संखुवासभाबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसद दीपक खड्काले नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारीविरुद्ध अदालतमा मानहानी मुद्दा दायर गर्ने तयारी गरेका छन्।

Advertisement

खड्का ल्यान्ड डेभलपमेट प्रालिका पूर्वसञ्चालक समेत रहेका सांसद खड्काले आइतबार पत्रकार सम्मेलनमार्फत स्काउटका प्रमुख आयुक्त भण्डारीले निरन्तर आफ्नो चरित्र हत्या गर्ने प्रपञ्च गरिरहेको बताए। खड्का ल्यान्ड प्रालिमा आफ्नो कानूनी एवं आर्थिक संलग्नता नरहेको उनले जानकारी दिए। त्यसका बावजुद आफ्नो नाम जोडेर भण्डारीको समूहले पटक-पटक आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै उनले मानहानीको मुद्दा लिएर अदालत जाने तयारीमा रहेको बताए।

कम्पनीमा कुनै प्रकारको कानूनी एवं आर्थिक संलग्नता नरहेको र सोसम्बन्धी स-प्रमाण लिखित जानकारी नेपाल स्काउटलाई दिँदादिँदै पनि आफ्नो नाम जोडी भ्रामक समाचार सम्प्रेषण गराएकोप्रति उनले आपत्ति जनाए।

‘म अहिले यस प्रालिमा कुनै पनि हिसाबले आबद्ध छैन। उहाँहरूलाई यो जानकारी हुँदाहुँदै पनि नियोजित रूपमा मेरो सामाजिक चरित्र हत्या गर्ने र बदनाम गर्ने कार्यमा लाग्नु भएको छ,’ उनले भने, ‘म यही पत्रकार सम्मेलनमार्फत सबैलाई ध्यानाकर्षण गर्न चाहन्छु।’

आफूलाई चुनाव हराउन प्रमुख आयुक्त भण्डारी विपक्षी दलका उम्मेदवारको चुनाव प्रचारमा पैसा बोकेरै पुगेको सूचना आफूसँग रहेको उनले जानकारी दिए।

अहिले खड्का ल्यान्डको जमिन रहेको स्थानमा फोहोर फाल्ने पोखरी रहेको र त्यसलाई आफूले अहिलेको अवस्थामा ल्याएको उनले जानकारी दिए। स्काउटकै तत्कालीन कार्यसमितिको अनुरोधमा आफूले यो स्थान भाडामा लिएको उनले बताए। त्यसपछि अन्य व्यवसायी यहाँ आएको उनले जानकारी दिए। अहिले खड्का ल्यान्डले उक्त जमिन र त्यहाँ बनाइएका संरचनावापत मासिक करिब २० लाख रुपैयाँ भाडा तिरिरहेको उनले जानकारी दिए। र, दरबारमार्गकै जति भाडा बुझाइरहेको जानकारी पनि खड्काले दिए।

२०७४ सालको चुनावपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले ५० हजार रुपैयाँ दान दिन्छु भन्ने वाचा गरेकै आधारमा भण्डारीलाई स्काउटको प्रमुख आयुक्त नियुक्त गरेको र त्यो रकम अझै उनले स्काउटलाई नबुझाएको जानकारी प्राप्त भएको खड्काले बताए। भण्डारी त्यसअघि स्काउटमा आबद्ध थिएनन्।

‘स्काउट भएर छिरेर यसलाई कब्जा गर्ने उद्देश्यले उहाँ आएको देखिन्छ। उहाँ स्कुल पनि सञ्चालन गर्नु हुन्छ। उहाँले आफ्नो स्कुल यहाँ स्थापना गर्न खोज्नुभएको रहेछ,’ खड्काले भने। डोजर लगाएर यहाँका संरचना भत्काउने प्रयास असफल भएपछि कहिले क्याबिनेट निर्णय गराएर त कहिले अनेक बहानामा समस्या सिर्जना गरिरहेको उनले बताए।

‘उहाँ स्काउट होइन, विचौलिया प्रकारको मान्छे हो,’ खड्काले भने, ‘एमालेलाई पनि भ्रम राख्ने, प्रधानमन्त्री केपी ओलीको नजिक छु भन्ने, महामहिम राष्ट्रपतिको नातेदार हुँ भन्ने, मान्छे तर्साउने, धम्क्याउने र विचौलियाको काम गरिराखेको अवस्थामा स्काउट तहसनहस बनाउने, राजनीतिक मान्छेहरू भर्ति गर्ने, गैरकानूनी काम गर्ने र करोडौं रुपैयाँको अपचलन गरेको भनेर हामीले मन्त्रालयमा पनि निवेदन दिएका छौं। अख्तियारलाई पनि निवेदन दिएका छौं। मन्त्रालय र अख्तियार दुवैले छानविन गरिरहेका छन्।’

‘मेरो राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले मेरो निर्वाचन क्षेत्रमा आफैं पुगेर खर्च गरेर मलाई चुनाव हराउनै लागिपर्नुभएको सूचना छ,’ खड्काले भने। र, स्काउटका मान्छे भर्ति गरेर त्यसका लागि परिचलन गरेकोसम्म सूचना प्राप्त भएको खड्काले जानकारी दिए।

प्रमुख आयुक्त भण्डारीले स्काउटलाई अझ राम्रो बनाउन नभई त्यसबाट कसरी बढीभन्दा बढी व्यक्तिगत रूपमा आर्थिक लाभ हासिल हुन सक्छ भन्नेमा आफूलाई केन्द्रित गरेको आरोप सांसद खड्काले लगाए।

यस्तै, खड्का ल्यान्ड डेभलपमेट प्रालिले सम्झौताबमोजिम व्यवसाय सञ्चालन गर्दै आए पनि नेपाल स्काउटले आफ्नो स्वार्थको लागि काममा अवरोध पुर्‍याएको बताएको छ।

पत्रकार सम्मेलनमा कम्पनीका सेवक पोखरेलले कम्पनीले सम्झौताबमोजिम व्यवसाय सञ्चालन गरे पनि स्काउटको वर्तमान नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थका लागि पटक-पटक काममा अवरोध पुर्‍याएको जनाएका हुन्।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिप्रति पनि कम्पनीले आपत्ति जनाएको छ। प्रालिले विगत १५ वर्षदेखि टेन्डर प्रक्रियामार्फत नेपाल स्काउटको स्वामित्त्वमा रहेको काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित व्यावसायिक भवन तथा जग्गा लिजमा लिएर प्रयोग गर्दै आएको छ।

तर, नेपाल स्काउटका प्रमुख आयुक्त भण्डारीले पद सम्हालेयता नियोजित रूपले काममा अवरोध गर्न थालेको पोखरेलले बताए। ‘नेपाल स्काउटमा लोकबहादुर भण्डारी आएदेखि यस प्रालिका पूर्वसञ्चालकलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न प्रकारका झुटा आरोपहरू लगाउने कार्य पटक-पटक गरिँदै आएको छ,’ उनले भने।

उनका अनुसार हालको तदर्थ समिति आएदेखि नै सम्झौताअनुसार काम गर्न नदिई पटक-पटक षडयन्त्रमूलक ढंगबाट व्यवधान पुर्‍याउने काम भइरहेको छ।

‘नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारी र निर्देशक रामप्रसाद भट्टराईलगायतले आर्थिक चलखेल गरी हामीलाई यहाँबाट हटाउने नियतले अनेकन षड्यन्त्रहरू गरिरहेका छन्,’ पोखरेलले भने, ‘उनीहरूकै निर्देशनमा सम्झौताबमोजिम खड्का ल्यान्डले निश्चित समयका लागि सञ्चालन गर्न बनाइएका संरचनालाई विनासूचना भत्काउन खोज्ने, भाडामा बस्नेलाई धम्क्याउने, तर्साउने, दुःख दिने, हाम्रा कर्मचारीलाई दुःख दिने, ढल, पानी, बत्ती काटिदिने तथा मुल गेटमा तालाबन्दी गरिदिनेजस्ता अमानवीय कार्यहरू गर्दै आएका छन्।’

यसरी पटक-पटक दुःख दिएपछि प्रालिले अदालतमा निवेदनसमेत दिएको थियो। हाल उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतमा विचाराधीन रहेको विषयलाई समेत प्रभावित पार्ने खोजिएको उनले आरोप लगाए।

आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.