• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

ग्रिनग्रोथ : प्रविधि जोडेर प्रकृतिमय जीवनशैलीको सपना


आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित

काठमाडौं- हिजोआज घरमै बसेर सामान खरिद-बिक्री गर्न त्यति गाह्रो छैन, प्रविधिले धेरै सहज बनाइसकेको छ। तर, जतिबेला ग्रिनग्रोथ नेपाल शुरु भयो, प्रविधिको विकास अहिलेको रफ्तारमा भइसकेको थिएन।

Advertisement

प्रविधिको विकास र पहुँच बढ्दै जाँदा ग्रिनग्रोथले आफूलाई त्यसमा अभ्यस्त गराउँदै लग्यो। तर, ग्रिनग्रोथले हतारमा व्यवसायलाई धान्‍नै नसक्ने गरी विस्तार गरेन, गुणस्तरमा सम्झौता गरेन। त्यसैले त, बीचमा अरू यस्तै प्रकृतिका कम्पनी आए-गए, तर ग्रिनग्रोथको यात्रा समानान्तर गतिमा अगाडि बढिरहेकै छ।

ग्राहकको जीवनशैली नै दीगो र प्रकृतिमय होस् भन्‍ने चाहन्छ, ग्रिनग्रोथ समूह। ग्रिनग्रोथका सह-संस्थापक हुन्, सौरभ ढकाल। उनी ग्रिनग्रोथका मात्र होइन, स्टोरी साइकलका पनि सह-संस्थापक हुन्।

जुम्लाले सिकाएको पाठ

ढकाललगायतको समूह सन् २०१३ मा स्टोरी साइकलमार्फत ‘म्यापिङ क्याम्प’ सञ्‍चालन गर्दै जुम्ला पुगेको थियो। त्यहाँ उनीहरूले कृषकलाई खेती गर्ने तरिका सिकाएनन्, फोटो, भिडियो कन्टेन्ट राखेर पनि व्यवसाय बढाउन सकिने आधुनिक शैलीबारे जानकारी दिए।

अझै त शहरमै इन्टरनेटको दुःख उस्तै छ। त्यतिबेलाका गाउँमा इन्टरनेट कहाँ सहज थियो र ! उनीहरूले जुम्लाका किसानलाई उनीहरूका खेतबारीमा फलेका स्याउ र मार्सी चामलको फोटो फेसबुकलगायत सामाजिक सञ्‍जालमा राखेर पनि व्यवसाय बढाउन सकिने बताएका थिए। तर, उनीहरूको कुरालाई जुम्लाका कृषकले हाँसेरै उडाइदिए। अनि भने, ‘गफ मात्र लाउने हैन, बिक्री गरेर देखाऊ।’

किसानले अविश्वास गर्नु पनि अस्वाभाविक थिएन किनकि ढकालको समूहकै लागि यो विषय नौलो थियो। उनीहरूले नै यो काम गरेका थिएनन्। अर्कै कामका लागि निस्किएका उनीहरूको दिमागमा व्यापार गर्ने नौलो तरिका जुम्लाले नै फुराइदियो। ‘तपाईंहरू शुरु गर्नूस्, सिकाउने र प्रबर्द्धन गर्ने जिम्मा हाम्रो भयो’ भन्दै उनीहरू जुम्लाबाट निस्किए।

जुम्लाका किसानले उनीहरूलाई चुनौती दिएका थिए। अनि उनीहरूले चुनौती पनि स्वीकार गरिसकेका थिए। रोकिने कुरै थिएन। त्यसैले त त्यसको करिब चार महिनापछि १५ क्‍विन्टल मार्सी चामल र सिमी किसानले साथमै जुम्लाबाट काठमाडौं लिएर आए।

सामान त काठमाडौं आइपुग्यो अब के गर्ने ? उनीहरू द्विविधामा थिएनन्। धमाधम फेसबुकमा मार्सी चामल र सिमीका तस्बिरहरू पोस्ट गरे। र, ‘अर्डर गरेर स्वाद लिनूस्’ भनेर लेखे। उनीहरूको फेसबुक पोस्टले शहरमा चर्चा पायो। किनकि, फेसबुकबाट व्यापार काठमाडौंमा नौलो विधा थियो। केही दिनमै जुम्ली उत्पादन उनीहरूको स्टोरबाट खाली भयो। र, शहरका भान्सामा पुग्यो।

त्यो त शुरुवात मात्र थियो। १२ वैशाख ०७२ को भूकम्प पनि त्यही बेलामा आउनु थियो। अनि उनीहरूको व्यापारलाई ‘स्टार्टिङ’मै थला बसाउनु थियो। ‘जहाँ इच्छा त्यहाँ उपाय’ या ‘तँ चिता म पुर्‍याउँछु’। जस्तो उखान उद्धृत गरे पनि हुन्छ, यस विन्दुमा। किनकि, उनीहरूको उत्साहलाई भूकम्पले मार्न सकेन, घाइते मात्र त बनाएको थियो !

ढकाल र उनको समूहको दिमागमा उपाय सुझ्यो- ‘ए, खानेकुरा हातहातै बिक्री हुने रहेछन् !’ भूकम्पपछिको संकटको बेला पनि थियो त्यो। त्यसपछि मात्र फेसबुक र ट्विटरमा ‘ग्रिनग्रोथ’को नाममा अकाउन्ट खोले उनीहरूले।

जीएचटीदेखि नाकाबन्दीसम्म

सन् २०१२ मा ढकाल ताप्लेजुङदेखि दार्चुलासम्मको ग्रेट हिमालयन ट्रेल (जीएचटी) पदयात्रामा निस्किएका थिए। त्यो यात्रामा भेटिएका-देखिएका विविधता र मानिसहरूसँग कसरी कनेक्टेड भइरहने भन्‍ने सोचिरहन्थे उनी। आखिरमा त्यहीबेलाको चिनजान उनलाई काममा आयो, ग्रिनग्रोथका लागि।

जब जुम्लाका स्याउ, मार्सी चामल र सिमीले काठमाडौंमा तहल्का पिटे, ढकालले जीएचटीमा हिँड्ने क्रममा चिनजान भएकाहरूलाई फोन गर्दै आफूले ग्रिनग्रोथ शुरु गरेकाले लोकल उत्पादन पठाइदिन भन्‍न थाले।

संजोग पनि कस्तो ! भूकम्पपछि एक ठाउँमा उभिएको राजनीतिक नेतृत्वले ३ असोज ०७२ मा नयाँ संविधान जारी गर्‍यो। त्यसबाट असन्तुष्‍ट मधेशका दलहरूले आन्दोलन छेडे। अनि त्यही बहानामा भारतले नेपालमाथि अघोषित नाकाबन्दी लाद्‍यो। ग्रिनग्रोथलाई हुर्काउन भने त्यही नाकाबन्दी काम लाग्यो।

‘नाकाबन्दीपछि नेपाली उत्पादन लगाउने, नेपाली उत्पादन नै खाने लहर चल्यो। देशभर आत्मनिर्भरताको नारा लाग्यो। त्यसले हामीलाई फाइदा गर्‍यो। हाम्रा ग्राहकहरू बढे। ग्राहकहरूबाटै प्रेरणा पनि मिल्यो,’ ढकाल भन्छन्।

ग्रिनग्रोथले सन् २०१६ मात्र कम्पनीको आकार ग्रहण गर्‍यो। शुरुका दिनमा ग्रिनग्रोथले विशेष सामान मात्र बिक्री गर्‍यो। स्याउ, जुनार, ओखरलगायत गाउँका उत्पादन मात्रै बजारमा पुर्‍यायो।

विस्तारै ग्राहकको चाहनाअनुसार स्वच्छ सफा खानेकुराहरू पनि ल्याउनुपर्छ भनेर हरिया तरकारीहरू पनि गाउँबाट ल्याएर बिक्री वितरण गर्न थाल्यो। त्यसपछि थोरै-थोरै गरेर दाल, चामल बिक्री गर्न थालियो। ‘अहिले ग्रिनग्रोथबाट एउटा भान्सामा चाहिने ८० प्रतिशत सामानहरू उपलब्ध हुन्छन्। अनि ती सबै अर्गानिक र विषादीमुक्त छन्। सिक्दै, सुधार्दै अगाडि बढिरहेका छौं,’ ढकाल बताउँछन्।

ग्रिनग्रोथले आफूसँग भएको सामान मात्र बेच्छ

ग्रिनग्रोथले अहिले काठमाडौं उपत्यकामा मात्र होइन, चितवन, हेटौंडा, सिन्धुली, सर्लाहीको लालबन्दी र विराटनगरमा पनि सामान बिक्री गर्दै आएको छ। सोलुखुम्बूको आलु, नेपालको सबैभन्दा अग्लो ठाउँ मुस्ताङको धे गाउँमा फलेको स्याउ ग्रिनग्रोथमा उपलब्ध हुन थालेका छन्।

दिनप्रतिदिन ग्राहक बढेपछि त्यसलाई अझ व्यवस्थित बनाउन स्थान छनोट गरेर फार्म नै तयार पारेको छ, कम्पनीले। ग्रिनग्रोथले आफूसँग जे सामान छ, त्यही मात्र बिक्री गर्छ। जस्तो- कुनै ग्राहकले काँक्रो मागे भने आफ्नै बारीमा छ भने मात्र बिक्री गर्छ, ग्रिनग्रोथले। यहाँनेर आफ्नो बारी कहाँबाट आयो ? जवाफ सिम्पल छ- ग्रिनग्रोथको सम्पर्कमा रहेका किसानको बारी।

ग्राहकले मागे भन्दैमा बजारबाट उठाएर ल्याई बिक्री गर्दैन यो कम्पनीले। ग्रिनग्रोथका सामान अनलाइन र फोनबाट पनि अर्डर गर्न सकिन्छ। अहिले ग्राहक, पसल, रेस्टुराँहरूलाई मागअनुसार उपलब्ध गराउँदै आएको छ।

कोरोनापछिको परिवर्तन

काभ्रेको पात्लेगाउँमा ग्रिनग्रोथको आफ्नै कृषि फार्म छ, जहाँ उत्पादन हुने हरियो तरकारी सातामा दुई दिन बुधबार र शनिबार काठमाडौं आइपुग्छ। आइपुगेको केही समयभित्रै तरकारी उपत्यकावासीका भान्सामा पुगिसकेको हुन्छ।

पछिल्लो समय यो कम्पनीले हस्तकलाका सामानहरू पनि बिक्री गरिरहेको छ। हस्तकलाका सामानलाई शहर उपयोगी विभिन्‍न ढाँचामा बनाउन पनि ग्रिनग्रोथले सहयोग गर्छ।

ग्राहकको माग आएपछि फार्ममा अर्डर दिइन्छ। अनि कति आवश्यक छ भन्‍ने कुरा त्यहींबाट स्पष्‍ट हुन्छ। अर्डरअनुसारको हरियो तरकारी टिपेर काठमाडौं आइपुग्छ। ग्राहककोमा सामान पुर्‍याउँदा प्लास्टिकको झोला प्रयोग गरिदैन। कार्टुनमा ग्राहकसम्म पुर्‍याइन्छ र त्यो कार्टुन फिर्ता ल्याइन्छ। पेमेन्ट अनलाइनबाट पनि गर्न सकिन्छ।

यहाँनेर बिर्सनै नसकिने कालखण्ड हो, कोरोना भाइरसको महामारी। सन् २०१९ डिसेम्बर अन्तिम दिनतिर चीनको वुहानमा देखिएको कोरोना भाइरसको प्रकोप हिमाल कटेर नेपाल आइपुग्न समय लाग्दै लागेन। मार्च २०२० सम्म आइपुग्दा नेपाल पनि लकडाउनमा गइसकेको थियो। त्यस कालखण्डले फेरि एकपटक ग्रिनग्रोथ मात्र होइन, सबै प्रकारका व्यवसायलाई थला पारिदियो।

फेरि पनि ग्रिनग्रोथले हार खाएन। त्यतिन्जेल सीधा काठमाडौं आउने र उपत्यकाकै भान्सामा पुग्ने ग्रिनग्रोथका सामान अब भने सीधा यता आउन छाडे। र, नजिकका शहरी इलाकामा बिक्री हुन थाले।

जस्तो- सिन्धुलीमा उत्पादित तरकारी स्थानीय हाटबजारमै बिक्री गर्न थालियो। जुनार मात्रै काठमाडौं ल्याउन थालियो। बरु थोरै मूल्य किन नपाइयोस्, स्थानीय हाटबजारमै बेच्‍ने गरिएको ढकाल बताउँछन्।

ती सामानहरू २० प्रतिशत ग्रिनग्रोथमा, ६० प्रतिशत होलसेलमा र बाँकी २० प्रतिशत स्थानीय बजारमा पुर्‍याउने गरिएको छ अहिले। भूकम्प र नाकाबन्दीका बेला फुरेको जुक्तिझैं कोरोनाकालमा पनि सुझेको यो उपायले व्यवसायलाई धरासायी बन्‍न दिएन।

गुणस्तरमा जोड

बिरुवा लगाएदेखि हुर्किने, फुल्ने, फल्ने अनि उपभोक्ताको हातमा पुग्ने बेलासम्म ट्र्याक गर्ने गरिन्छ। जस्तो- जुनार कहिले टिप्यो, कहिले प्याकिङ भयो, कहिले लोड भएर आयो, यहाँ आइपुग्न कति समय, दूरी लाग्यो भन्‍ने सबै क्यूआर कोड स्क्यान गरेर थाहा पाउन सकिन्छ। त्यसका लागि पहिले नै रुखहरूलाई म्यापिङ गरिएको हुन्छ। त्यही म्यापिङ सिकाउन जुम्ला गएका बेला फुरेको व्यावसायिक तरिका हो, ग्रिनग्रोथ।

कुनै ठाउँको बगैंचाको फलफूल या तरकारी ग्रिनग्रोथमा आइपुग्छ भने पहिला नै गएर रुख र गराहरूलाई डिजिटल रूपमा म्यापिङ गरिन्छ। ‘कुनै कृषकले मेरो बगैंचामा सुन्तला लटरम्म फलेको छ किन्‍न आऊ भन्यो भने हामी जाँदैनौं। हामीलाई अग्रिम जानकारी चाहिन्छ, त्यो सुन्तलाका बोटहरू ट्र्याक भएको हुनुपर्छ,’ ढकाल भन्छन्, ‘हाम्रो निगरानीमा रहेको हुनुपर्‍यो। भोलि त्यो सुन्तलामा केही किरा देखापरे भने कहाँबाट सरेको हो भनेर हामी अफिस बसेरै भन्‍न सक्छौं। यति विस्तृत रूपमा हामीले काम गरिरहेका छौं।’ उनका अनुसार यो विधि जुनार, स्याउ र आँपमा परीक्षण भइसकेको छ।

त्यसैले त ढकाल ग्रिनग्रोथलाई अरू व्यापारिक प्रतिष्‍ठानभन्दा फरक ठान्छन्। भन्छन्, ‘अरूभन्दा सामान्य कुरामा हामी फरक छौं। हामी सामान किन्‍ने बेच्‍ने ट्रेडर होइनौं। हाम्रा ग्राहक, हाम्रो समूहको जीवनशैली नै दीगो र प्रकृतिमय होस् भन्‍ने चाहन्छौं। सामाजिक उद्यमशीलताको रूपमा काम गरिरहेका छौं। त्यो हिसाबले हामी अरूभन्दा पृथक छौं। हतारमा सामान बेच्‍नेभन्दा गुणस्तरीय सामान बेच्‍ने चाहना राख्छौं।’

आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण
झटारो : मने कमरेटको कन्तबिजोग !
झटारो : सरकारी थर्काइबाट थकित, हैरान धनिराम !

भर्खरै

  • १.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • २.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ३.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ४.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ५.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ६.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ७.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ८.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.