• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

चितवनमा खिचरा महोत्सव हुने


    Avatar photo
आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित

भरतपुर- चितवनमा यस वर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ । आगामी पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौँ संस्करणको खिचरा महोत्सवको हुन लागेको हो । आयोजक थारू कल्याणकारिणीसभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ ।

Advertisement

महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै जातजाति र समुदायको महोत्सव बनेको जनाउँदै यस वर्ष आकर्षण थप गरिएको बताउनुभयो । उहाँले सीमान्तकृत जनजातिको मौलिक वेषभूषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस्तो पहिरनले समुदायको पहिचान झल्काउनुका साथै संरक्षणमा पनि टेवा पुग्छ, कला, संस्कृति संरक्षण नै महोत्सवको उद्देश्य रहेकाले मौलिक वेषभूषालाई प्राथमिकता दिएका हौँ ।”

महोत्सवमा अन्य आकर्षणका रूपमा हरेक दिन थारूलगायत विभिन्न जातजातिका परम्परागत वेषभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी कक्ष, थारूलगायत अन्य जातजातिका मौलिक खानाका परिकारका प्रदर्शनी, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, विभिन्न हस्तकला सामग्री तथा व्यावसायिक प्रदर्शनी, बाल उद्यान, खुला हाजिरी जवाफ प्रतियोगिता, मिस्टर एण्ड मिस थारू २०२२ का प्रतिस्पर्धीद्वारा नेपालभरिकै थारू पहिरनको प्रदर्शनी, तराईका विभिन्न जिल्लाका थारू विशेष सांस्कृतिक प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, थारू ब्रम्हथान परिसरलगायत रहेका छन् ।

महोत्सवलाई सफल बनाउन एक सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न ३२ उपसमिति बनाइएको छ । महोत्सव उद्घाटनको दिन खैरहनी–८ मगनीचोकबाट महोत्सवस्थलसम्म झाँकी र विभिन्न परम्परागत वेषभ्रषासहितको शोभायात्रा निकालिने आयोजक संस्थाका सभापति चुडामणि चौधरीले जानकारी दिनुभयो ।

थारू कल्याणकारिणीसभा चितवनका सभापति ललित चौधरीले खिचरा महोत्सव चितवनकै ‘ब्राण्ड’ बनेको जनाउँदै यसलाई भव्यरूपमा सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । उहाँले थारू समुदायको पहिचान र संस्कृति विश्वभर चिनाउन यस महोत्सवले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकप्रति आभार प्रकट गर्नुभयो ।

महोत्सवका संस्थापक संयोजक नारायणप्रसाद महतोले खिचरा थारू समुदायको महत्वपूर्ण पर्व रहेकाले त्यसलाई विश्वभर चिनाउन महोत्सवको रूपमा आयोजना गर्दै आइरहेको बताउनुभयो । उहाँले स्थानीय थारू युवा र व्यवसायीको सामान्य सहयोगमा महोत्सव यहाँसम्म पु¥याइएको भन्दै आर्थिक अभाव हुँदाहुँदै पनि निरन्तरता दिँदै आइरहेको बताउनुभयो ।

महोत्सवमा प्रवेश शुल्क रु ५० तोकिएको छ । यस्तै महोत्सवमा एक सय २० विभिन्न व्यापारिक प्रदर्शनी कक्षसमेत रहने छन् । संस्थापक महतोको अग्रसरतामा विसं २०७० मा दुईदिने खिचरा महोत्सवको सुरुआत भएको थियो । थारू समुदायले माघ १ गते भव्यरूपमा खिचरा पर्व मनाउँदै आइरहेका छन् । (रासस)

आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.