काठमाडौं : टोखा नगरपालिका-८ ग्रीनल्याण्ड एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार १ थानसहित एक जना पक्राउ परेका छन। उदयपुर ताप्ली गाउँपालिका-२ का ५० वर्षीय मदन बहादुर श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे।
Advertisement
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त आखेटोपहार सहित फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको छ।