• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

डा. शेखरको माग- कांग्रेसको सात प्रतिशत मत कसरी घट्यो, छानविन हुनुपर्छ


मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित

विराटनगर : कांग्रेस नेता डा शेखर कोइरालाले ४ मंसिरको आम निर्वाचनमा कांग्रेसको सात प्रतिशत मत घटेको उल्लेख गर्दै त्यसको गम्भीर छानविन हुनुपर्ने माग गरेका छन्।

Advertisement

कांग्रेस नेता गुरुराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उनले निर्वाचनमा कांग्रेसले प्राप्त सिट सङ्ख्या वृद्धि भए पनि सात प्रतिशत मत घटेकोमा गम्भीर हुनुपर्ने र त्यसको स्वतन्त्र छानविन समिति गठन गर्नुपर्ने बताए।

उनले भने, ‘इतिहास रचेको कांग्रेस पार्टीको शाख र विचार आगामी दिनमा जोगाउन र राजनीतिलाई सही बाटोमा लग्ने जिम्मा युवा पुस्तामा हस्तान्तरण गर्नुपर्नेेछ।’

कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको नेतृत्वमा निर्माण हुने आगामी सरकारले सही ढङ्गबाट मुलुक सञ्चालन गरेर गुमाएको लाखौँ जनमत समेट्नुपर्ने बताए। उनले सरकार सञ्चालन गर्दा पूर्वाधार, शिक्षा, विकास निर्माण, स्वास्थ्य, रोजगारी सिर्जनासम्बन्धी काम गरेर जनताको मत जित्नुपर्नेमा जोड दिए।

उनले आगामी सरकार निर्माण गर्दा नेतृत्वले जनता समक्ष स्पष्टता, प्रतिबद्धता जनाउनुपर्ने धारणा राख्दै पार्टीप्रति जनताको आकर्षण बढाउन मुलुकमा सुशासन, परिणाममुखी काम गर्नुपर्ने विचार राखे। नेता थापाले पार्टीले पाएको ऐतिहासिक मौकाको सही ठाउँमा प्रयोग गरेर लोकतन्त्रलाई संस्थागत, देशप्रति जिम्मेवार भइ समर्पित भइ ‘बाटो सुधारिएको राजनीति’ निर्माण गर्नुपर्ने बताए।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले राजनीतिक नेतृत्वले जे गर्न सक्ने हो त्यो मात्र बोल्न आग्रह गरे। नेकांका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले सरकारको नेतृत्वले आगामी पाँच वर्षभित्र गर्ने कार्यको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताए। नव निर्वाचित मोरङका प्रतिनिधिसभा सदस्यद्वय अमनलाल मोदी र योगेन्द्र मण्डल, प्रदेशसभा सदस्यद्वय अमृत अर्याल र भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, महानगर समितिका सभापति दीपक चापागाईं र लेखक गुरुराज घिमिरेलगायतले जनताको विकास र समृद्धिको चाहना पूरा गर्न युवा पुस्ताले आगामी सरकारको नेतृत्व लिनुपर्ने धारणा व्यक्त गरे।

मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.