• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

चिया पनि ‘चक्लेटी’ स्वादमा


मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित

मङ्गलबारे : हामीले चियालाई कसरी बुझेका छौँ ? कतिले चियालाई दूध लगाएको र दूध नलगाएको चिया भनेर मात्र बुझेका हुनसक्छौँ । केहीले दूध नलगाएको चियामा कागतीसहितको चियासमेत बुझेका हुनसक्छौँ तर चियाका धेरै स्वाद छन् । चियाबाट अनेक स्वाद लिन सकिने चियाका पारखी तथा चिया उद्योगीको भनाइ छ । इलाममा उत्पादन भएको चिया स्वादिष्ट भएकै कारण विदेशसमेत निर्यात भइरहेको छ ।

Advertisement

स्वाद र सन्तुष्टिका लागि लिइने चिया अधिकांश नेपालीले बिहान उठ्ने बित्तिकै पिउने गरेको पाइन्छ । साथै अतिथि सत्कार तथा पाहुनालाई समेत घरमा आउँदा चियाले नै स्वागत गर्ने गरिएको छ । त्यस्तै पाहुना लाग्न बाहिर जाँदा कोसेलीसमेत चिया नै बोकेर जाने चलन छ ।

पछिल्लो समय चियाको स्वादसँगै मूल्यसमेत निकै महँगोसमेत हुँदै गएको छ । सरदर रु चार सयदेखि ४० हजारसम्म प्रतिकिलो चिया बिक्री वितरण हुने गरेको किसान तथा उद्योगीको भनाइ छ । हाते चिया बजारमा सस्तो मूल्यमा बिक्री वितरण हुन्छ । हाते चिया किसानले घरमा नै बनाउने गरेका छन् । यो चिया विशेष गरेर दूधसँग मिसाएर पिउने गरिन्छ तर ग्रीन टी, ब्ल्याक टी, सिल्भर टीलगायतका उत्पादन उद्योगबाट मात्र हुने गरेको छ । विदेशमा समेत राम्रो मूल्यमा निर्यात हुने यी चिया मेसिनबाट मात्र बनाउन सम्भव छ ।

इलाम देउमाईका किसान तथा उद्योगी बबिन श्रेष्ठले नयाँअर्थात् चक्लेटी चिया निर्माण गर्दै आएका छन। उनले चियालाई केही फरक स्वादमा निकाल्ने कोसिस गरेको बताए। यो चिया विशेषगरी भुटिएको वा खारिएको चियाजस्तै लाग्छ तर प्रशोधन गरिएको चियाको नयाँ स्वाद भएकाले उनी आफैँले चक्लेटी चिया नाम दिएका छन।

अन्य चियाभन्दा केही फरक गरी बनाइएको चियालाई चक्लेटी चिया नाम दिइएको उनको भनाइ छ । देउमाई नगरपालिका–४ मा रहेको हिमशिखर चिया प्रशोधन उद्योगमार्फत उनले चक्लेटी चिया उत्पादन गर्दै आएका छन। विशेष गरेर सो उद्योगमा उत्पादन भएको चिया रसिया जाने गरेको छ । करिब रु चार हजार प्रतिकिलो उद्योगमा नै आएर सो देशका व्यापारी तथा नागरिकले चिया लैजाने गरेको उद्योगी श्रेष्ठको भनाइ छ । उनले केही वर्ष अघिदेखि सो उद्योगमा उक्त चिया प्रशोधन गर्दै आएका छन।

स्वादमा फरक भएका कारण पनि चिया पारखीले यसलाई मन पराउने गरेको उनले बताए। यो चिया कोरोनाकालको लकडाउन समयमा बाहेक सधैँ रसिया नै जाने गरेको छ । नेपालमा खासै बेच्न नपरेको उनी बताउछन। रसियाका लागि व्यापारी तथा चिया पारखी आफैँ आएर लजाने हुँदा मागअनुसार मात्रसमेत बनाइने गरेको छ । यो पनि सिल्भर र गोल्ड गरेर दुई प्रकारका चिया पाइन्छ ।

हुन त ग्रीन टी पनि सिल्भर र गोल्डेन गरेर दुई प्रकारका स्वादमा पाइन्छ तर यो चिया विदेशी प्रायः सबै देशका नागरिकले मन पराउने गरेको उनको भनाइ छ। इलाममा चियाका धेरै परिकार निर्माण हुन्छन्। ‘येल्लो टी’, ‘ह्वााइट टी’, ‘सिल्भर टी’, ‘ग्रिन टी’, ‘स्पेशल ग्रिन’ र यिनमा पनि सिल्भर र गोल्ड गरेर चिया निर्माण हुन्छन् । यी चियाको स्वादसँगै मूल्यसमेत फरक पर्ने गरेको छ।

सामान्य चिया बेच्न भारतकै भर पर्नुपर्ने समस्या छ तर विशेष प्रकारको चिया खरिदमा विभिन्न मुलुकबाट व्यापारी आउने गरेका छन् । राम्रो मूल्यसहित राम्रो चिया तेस्रो मुलुक निर्यात भइरहेको छ । नेपालको चिया निर्यातका लागि आफ्नै लोगोसमेत छ तर साना उद्योगले लोगो पहुँचवालाको लागि मात्र भएको दुःखेसो गर्दै आएका छन् ।

नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ। नेपालमा चियाखेती हुन थालेको डेढ शताब्दी भइसकेको छ। विसं १९२० मा कर्णेल गजराजसिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त चियाको बिरुवा इलाममा रोपेपछि नेपालमा चियाखेतीको सुरुआत भएको मानिन्छ।

त्यस अगाडि चिया रोपण भएको कुनै जानकारी छैन । कर्णेल थापा जङ्गबहादुर राणाका ज्वाइँ हुनुहुन्थ्यो । उच्च ओहदाका चिनियाँ व्यक्तिबाट उपहार प्राप्त भएको चियाको बिरुवा जङ्गबहादुरको आदेशमा इलामका तत्कालीन बडाहाकिम तथा कर्णेल गजराजलाई भएपछि सो चिया रोपिएको बताइएको छ । नेपालमा सोपश्चात् चियाखेतीको औपचारिक सुरुआत भएको मानिन्छ ।

थापाले विसं १९२० मा इलाम चिया कमानमा प्राप्त बिरुवा रोपेकाे बताइन्छ। त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चियाखेती क्रमशः विस्तार हुँदै गएको हो । नजिकै रहेको दार्जिलिङमा पनि सोही समयमा चिया रोप्न थालिएको थियो । भारतको दार्जिलिङ र नेपालमा सो बेलाको प्रविधि साटासाट गर्दै धमाधम चिया लगाउन थालियो । भारतमा चियाखेती फस्टाइरहँदा नेपालमा भने जहानियाँ राणाशासनका अगाडि चिया खेती फस्टाउन नपाएको जानकार बताउँछन् तर त्यही समयमा भारतको दार्जिलिङमा चिया खेती व्यापक हुँदै गएको बताइन्छ । पछि दार्जिलिङको चिया ब्राण्ड नै स्थापित गर्दै अघि बढ्यो तर नेपालमा भने निकै पछि अर्थात् केही वर्षअघि मात्र निर्यातका लागि लोगो प्राप्त भयो ।

विसं २०५७ मा सरकारले राष्ट्रिय चिया नीति ल्यायो । सरकारले चिया प्रवद्र्धनका लागि बनाएको चिया तथा कफी विकास बोर्डले समेत प्रभावकारी काम गर्न नसकेको बताइन्छ ।
चियाको विश्व बजारमा ठूलो माग हुँदा पनि नेपालले अपेक्षित लाभ लिन सकिरहेको छैन । विश्व बजारमा चार करोड किलोग्रामभन्दा बढी चियाको माग छ । करिब ९० लाख किलोग्राम चिया दार्जिलिङले उत्पादन र माग पूरा गरिरहेको छ । नेपालबाट करिब ३० लाख किलोग्राम मात्रै उत्पादन हुने गरेको आँकडा छ । नेपालको भौगोलिक अवस्था र वातावरण चिया खेतीका लागि उपयुक्त भए पनि नेपालले चियाखेतीबाट खासै लाभ लिन सकेको छैन ।

तत्कालीन राजा वीरेन्द्रले विसं २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्र घोषणा गरेका थिए। हाल नेपालको पूर्वी जिल्लाबाहेक ललितपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङलगायतका जिल्लामा समेत केही मात्रामा चिया लगाइएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चियाको उत्पादन भइरहेको छ । त्यसक्षेत्रमा सञ्चालित टि स्टेट तथा प्रशोधन केन्द्रले चिया उद्योगले करिब ५८ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

गत आर्थिक वर्षमा रु दुई अर्ब ६८ लाख बराबरको ११ हजार एक सय ४२ मेट्रिक टन चिया निर्यात भएको थियो । यहाँको अग्र्यानिक चिया विश्व बजारमा लोकप्रिय मानिन्छ । चिया क्षेत्रलाई व्यवस्थित गर्न सरकारले किसान प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने चिया किसानको माग छ । चिया क्षेत्रमा अझै पनि निकै समस्या छन् तर समाधानमा कसैले चासो नराखेको यहाँका किसान तथा उद्योगीको भनाइ छ ।

मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.