काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलरको मूल्य खरिदतर्फ १२९ रुपैयाँ ८२ पैसार र बिक्री दर १३० रुपैयाँ ४२ पैसा तोकेको छ।
केही दिनयता अमेरिकी डलर यही मूल्यको हाराहारीमा स्थिर छ।
सोमबारका लागि युरोको मूल्य एकको खरिद दर १३६ रुपैयाँ ८३ पैसा र बिक्री दर १३७ रुपैयाँ ४६ पैसा तोकिएको छ।
बेलायती पाउन्ड स्टर्लिङ सोमबार एकको खरिद दर १५९ रुपैयाँ ५७ पैसा र बिक्री दर १६० रुपैयाँ ३१ पैसा तोकिएको छ।
साउदी रियाल एकको खरिद दर ३४ रुपैयाँ ५४ पैसा र बिक्री दर ३४ रुपैयाँ ७० पैसा कायम गरिएको छ।
यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ५९ पैसा र बिक्री दर २९ रुपैयाँ ७२ पैसा छ। यूएई दिराम एकको खरिद दर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा तोकिएको छ। कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा छ।
कुवेत र बहराइनका दिनारले निरन्तर आफ्नो सबैभन्दा महँगो स्थान कायम राखेका छन्। सोमबार कुवेती दिनार १ को खरिद दर ४२३ रुपैयाँ ५६ पैसा र बिक्री दर ४२५ रुपैयाँ ५१ पैसा छ। यस्तै, बहराइनको दिनार १ को खरिद दर ३४४ रुपैयाँ ३५ पैसा र बिक्री दर ३४५ रुपैयाँ ९४ पैसा तोकिएको छ।