काठमाडौं- कांग्रेसले ४ मंसिरको आम निर्वाचनमा अन्तर्घात गर्नेहरूको नाम पठाउन मातहतका समितिहरूलाई निर्देशन दिएको छ।
Advertisement
अन्तर्घात गर्नेहरूमाथि कारवाहीका लागि केन्द्रीय अनुशासन समितिले १५ पुसभित्र नाम पठाउन निर्देशन दिएको हो।
आइतबार विज्ञप्तिमार्फत कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीमाथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन निर्देशन दिएका हुन्।
यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन विज्ञप्तिमा आग्रह गरिएको छ।