वालिङ- स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले जितेका छन्।
Advertisement
शनिबार साँझ सम्पन्न मतगणनाअनुसार गुरुङले ५६ सय २७ मतले विजय हासिल गरे। उनले ३१ हजार ४६६ मत पाउँदा निकटतम प्रत्यासी एमालेकी पदमा अर्यालले २५ हजार ८३९ मत प्राप्त गरिन्।
दुवैलाई पछ्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार ११३ मतमा चित्त बुझाए।
४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले केही मतदान केन्द्रमा बुथ कब्जा गरेको भन्दै एमालेले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो। आयोगले १४ मंसिरमा पुनः मतदान नगर्ने निर्णय लिएको थियो। त्यसपछि मतगणना शुरु भएको थियो।