स्याङ्जा : स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङकाे जित निश्चित भएको छ ।
Advertisement
कुल खसेको ७० हजार १९१ मतमध्ये ६८ हजार ५०८ मत गणना हुँदा धनराजले ३० हजार ९६९ मत पाएका छन्। त्यस्तै एमाले उम्मेदवार पद्मा अर्यालले २५ हजार २०३ मत पाएकी छन् । अर्याल भन्दा गुरूङ ५ हजार ७६६ मतान्तरले अघि छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १८ मत पाएका छन् ।
प्रदेशसभा २ मा पनि कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन् । कांग्रेसका महेश भट्टराईले १८ हजार ३७८ मत पाएका छन् भने एमालेका वुद्धिमान श्रेष्ठले १६ हजार २४३ मत पाएका छन् ।