• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

क्यामरुन बन्यो ब्राजिललाई विश्वकपमा हराउने पहिलो अफ्रिकी राष्ट्र


शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित

लुसिल : अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा अफ्रिकी मुलुक क्यामरुनले शुक्रबार नयाँ इतिहास बनाएको छ । पाँचपटक विश्वकप फुटबलको उपाधि जितेको ब्राजिललाई क्यामरुनले शून्यका विरुद्ध एक गोलले हराएर नवइतिहास रचना गरेको हो ।

Advertisement

ब्राजिलसँगको खेलमा शानदान जित निकालेको क्यामरुन समूह चरणको खेलबाट बाहिरिएको छ । यद्यपि क्यामरुनका मुख्य प्रशिक्षक रिगोवर्ट सोङ पाँच पटकको विश्वविजेतालाई आफ्ना खेलाडीले हराएकामा क्यामरुनमात्र नभइ समग्र अफ्रिकी महादेशका निम्ति गर्वको विषय भएको बताउँछन् । दोभाषेको सहायतामा एशोसिएटेड प्रेससँग कुरा गर्दै उनले युवा वर्गलाई अवसर दिएमा लक्ष्य हासिल गर्न सहज हुने बताए ।

आफ्नै युवावयको स्मरण गर्दै उनले स्थानीय फुटबल क्लबमा खेलिरहेको आफूलाई सन् १९९४ को विश्वकपमा आफ्ना प्रशिक्षकले अवसर दिएको बताए । युवाको सामथ्र्यमा विश्वास गरेर नै उनका गुरुले आफूलाई विश्वकप खेल्ने मौका दिएको बताउँदै उनले २४ वर्षीय जेरोम एनगोम एमबेकीलाई मैदानमा उतारेको खुलासा गरे ।

ब्राजिलबाट ठूलो दबाब खेपिरहेको क्यामरुनलाई खेलाडी परिवर्तनको आवश्यकता पनि परेको थियो । नब्बे मिनेटको निर्धारित समयभित्र गोलरहित बराबरीमा नै दुवै टिम भिडिरहेका बेला थपिएको नौ मिनेटको उपयोग गर्न सोङले एमबेकीलाई मैदानमा उतारेका थिए । अतिरिक्त समयको सात मिनेटमात्र बाँकी छँदा ब्राजिललाई ठेगान लगाउन मैदान छिरेका उनले गोलपोष्ट समीप गरेको पासलाई हेड गर्दै भिन्सेन्ट अबुबाकरले क्यामरुनलाई जिताएका थिए ।

यसैबीच, ब्राजिलका प्रमुख प्रशिक्षक टिटेले क्यामरुनसँग ब्राजिलको पराजयको दोष आफूले लिएको बताएका छन् । नौ पटकसम्म खेलाडी परिवर्तन गरेर स्विटजरल्याण्डलाई सोमबार हराएको उनको रणनीतिले क्यारुनसँगको खेलमा साथ दिएन । उनले क्यामरुनका खेलाडीको स्तरीय खेलको प्रशंसा पनि गरेका छन् । मौकाको सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको उनले स्वीकार गरेका छन् । शुक्रबारको स्पर्धामा ब्राजिलले २१ र क्यारुनले ९ वटा गोल गर्ने अवसर गुमाएका थिए ।

शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.