काठमाडाैं : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको बताएका छन।
Advertisement
शनिबार काठमाडाैंमा जनमत पार्टीले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै डा राउतले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै निराश हुन नदिने प्रतिवद्धता जनाएका हुन।
सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने बताएका छन् ।