काठमाडौं- धनकुटा सागुरीगढी गाउँपालिका-५ भद्रासेस्थित रबि राके भेडेटार कच्ची सडकमा काम गर्ने हाल वतन नखुलेका ४० वर्षीय राज कुमार मगर क्याम्पमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
झापा दमक नगरपालिका-९ बस्ने धन प्रसाद क्षेत्रीको घरमा काम गरी बस्ने पाँचथर फिदिम नगरपालिका-७ घर भएका ४५ वर्षीय हस्त बहादुर राई आफ्नो कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
म्याग्दी मालिका गाउँपालिका-७ बिम धुनटसेरास्थित हाल नाम, थर, वतन, नखुलेकी अन्दाजी ५२ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
मोरङ कानेपोखरी गाउँपालिका-४ बयरबनस्थित सडकमा सोही गाउँपालिका-५ बस्ने ६० वर्षीय अर्जुन बिष्ट शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।