• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

भोजपुरको गाउँपालिकाका पूर्वअध्यक्षले श्रीमतीलाई अस्वीकार गर्दै कांग्रेस केन्द्रीय सदस्यसँग कसे लगनगाँठो


शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित

काठमाडौं- भोजपुर षडानन्द नगरपालिका-३ की हिमालय राईले साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राईले विवाह गरेर आफूलाई श्रीमती अस्वीकार गरेको बताएकी छन्।

Advertisement

शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमार्फत राईले राज्य पनि आफूविरुद्ध लागेको आरोप लगाइन्।

हिमालयका अनुसार १३ मंसिर ०७८ मा महेश राईसँग उनको विवाह थियो। आफन्तको उपस्थितिमा सामाजिक परम्पराअनुसार उनीहरूको विवाह भएको थियो।

तर, आफूलाई श्रीमती अस्वीकार गर्ने महेशको पक्षमा लागेर राज्यले आफूलाई असहयोग गरिरहेको उनले बताइन्।

विवाह भएको यथेष्ट प्रमाण हुँदाहुँदै पनि प्रहरीले प्रमाण नपुगेको भनेर मुद्दा अघि नबढाएकोमा उनले आपत्ति जनाइन्। विवाह गरेको प्रमाणित गर्न नसकेकाले कानूनी प्रक्रियामा जान नसकेको उनको भनाइ छ। महेशले कांग्रेस केन्द्रीय सदस्य माया राईसँग दोस्रो विवाह गरी आफूमाथि अन्याय गरेको उनले बताइन्।

धेरै लामो मिहिनेतपछि पाटन उच्च अदालतमा न्यायका लागि निवेदन दिएको उल्लेख गर्दै उनले अदालतले परमादेश जारी गरेपछि बल्ल प्रहरीले जाहेरी दर्ता गरेको बताइन्।

‘बयानको आधारमा सरकारी वकिल र प्रहरी मिलेर पीडकलाई गत कात्तिक २० मा पक्राउ गरेको जस्तो गरेर एकदिन मात्र थुनेर छाडियो। यसमा हाम्रो आपत्ति हो,’ उनले भनिन्, ‘हामीसँग विवाहको सबै प्रमाण छ। प्रहरीलाई कानूनअनुसार मुद्दा अघि बढ्ने र पीडकलाई छाडिदिनु भनेर चिठ्ठी आएपछि तुरुन्तै उहाँलाई छाडियो तर पछि मुद्दा अघि नबढ्ने भनियो।’

गत १ मंसिरमा सरकारी वकिलले यथेष्ट प्रमाण नपुगेकोले यो मुद्दा अघि नबढ्ने जानकारी पाएपछि हिमालयन राई झनै विक्षिप्त बनेकी छन्। आफूसँग विवाह पृष्टि हुने यथेष्ट प्रमाण रहेको उनले दाबी गरिन्। र, आफूलाई न्याय दिन सम्बन्धित निकायसँग आग्रह गरिन्।

हिमालयले १३ मंसिर ०७८ मा विवाह गरेर महेशले आफूलाई काठमाडौं बुढानीलकण्ठ–१० कपनमा भित्र्याइएको उनले बताइन्।

विवाहको भोलिपल्ट १४ मंसिरमा सुष्मा राई, योगेन्द्र राई, सुयोङमी रार्ई, सुनिता लोप्चन, महेश राई, सञ्जय भन्ने सरोज राईसहित ७ जना साथी र आफन्तसँग नगरकोट घुम्न गएको भन्दै होटलमा बस्दा खिचेको भिडियो अहिले पनि ब्लगमा सुरक्षित रहेको बताइन्।

कांग्रेसका नेता तथा गाउँपालिकाका तत्कालीन अध्यक्ष महेशसँगै वैवाहिक कार्यक्रमपछि कांग्रेसको महाधिवेशनका लागि विराटनगर, इटहरीका विभिन्न होटलमा बसेर काठमाडौंसँगै फर्किएको उनले बताइन्।

काठमाडौं फर्किएलगत्तै काठमाडौंमा महेशकी स्वर्गीय जेठी श्रीमती सरस्वती राईकी छोरी श्रेयासँगै बस्दै आएको र सोही क्रममा १६ फागु ०७८ मा घरमा काम गर्ने बहिनीको साथमा कामका लागि बाहिर गएर फर्किंदा गेट भित्रबाट बन्द भएको उनले बताइन्। घरभित्र फोन गर्दा महेश राईले भित्र पस्न नदिनु भनेकोले गेट बन्द गरिएको जवाफ आएसँगै आफू प्रहरी वृत्त बौद्ध पुगेको उनले जानकारी दिइन्।

विवाह गराउने (कुटुनी) मालती राईले हिमालय राईको विवाहको साक्षी आफू नै भएको बताइन्। महेशले नै मन पराएर विवाह भएको उनको भनाइ छ। उनले भनिन्, ‘महेशकी जेठी श्रीमतीको मृत्यु भएको ६ महिनापछि विवाहको कुरा आयो र हामी अघि बढ्यौं। महेशले मेरो श्रीमानसँग विवाह गर्ने कुरा गर्नुभएको रहेछ। बहिनीलाई देखाइयो र उहाँले पनि मन पराएपछि विवाह भएको हो।’

शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.