बाजुरा : बाजुरामा बिहीबार दिउँसो साढे ३ बजे मतगणना हुने भएकाे छ। बिहीबार जिल्लामा सर्वदलीय बैठक बसेर सहमति भएपछि मतगणना सुरू हुने भएकाे हाे।
Advertisement
यसअघि मंसिर ४ गते भएको मतदानकाे विवादका कारण भएका घटनाका कारण मतगणना कार्य हुन सकेको थिएन। त्यहाँको घटनाबारे बुझ्न निर्वाचन आयोगको टोली बाजुरा पुगेको थियो।
टोलीले त्यहाँको वस्तुस्थिति बुझेर प्रतिवेदन तयार पारेर बुधबार मतगणना सुरू गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो। तर बुधबार बैठकमा दलहरु सहभागी भएनन्। बिहीबार भने दलहरूबीच सहमति भएपछि मतगणना सुरू गर्ने तयारी थालिएको हो।