इटहरी- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्।
Advertisement
उनले एमालेका जगदिशप्रसाद कुसियतलाई ११२ मतले पराजित गरेका हुन्।
बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार कार्कीले ३० हजार ४८३ मत ल्याएर निर्वाचित भए।
उनका निकटतम प्रतिस्पर्धी कुसियतले ३० हजार ३७१ मत प्राप्त गरे।