काठमाडौं- ललितपुर गोदावरी नगरपालिका-११ नख्खु खोलामा नाम, थर, वतन नखुलेका करिब ४६ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
बारा कोल्हवी नगरपालिका-११ रामपुर्वा बस्ने ४३ वर्षीय परीषण चौधरी बुधबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँ बस्ने ५५ वर्षीय सियाराम चौधरीको घरको पछाडि मानिस माटोले पुरिएको अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र मधेश प्रदेश विपद व्यवस्थापन डग शाखा वीरगंजञ्जबाट डग टोली समेत खटिएको प्रहरीले चौधरीको शव फेला परेको हो ।
नवलपरासी(पूर्व) गैँडाकोट नगरपालिका-२ भृकुटीचोक डेरा गरी बस्ने चितवन टाँडी नगरपालिका-९ घर भएका ५५ वर्षीय बिर बहादुर दर्जी शौचालय जाने बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।