काठमाडौँ । सुनसरी ३ मा ६ हजार ३३५ मतले नेकपा एमाले नेतृ भगवती चौधरी अगाडि रहेकी छन् । यो अग्रतासँगै चौधरी जितको नजिक पुगेकी छन् ।
Advertisement
चौधरीले ३६ हजार ९३६ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले ३० हजार ६०१ मत प्राप्त गरेका छन् ।
पछिल्लो गणनामा चौधरीले गच्छदारलाई ६ हजार ३३५ मतान्तरले पछि पारेकी हुन् । लगातार ६ पटक निर्वाचित भएका गच्छदारको संसद यात्रामा ब्रेक लाग्ने निश्चित भएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार २६९ मत पाएका छन् ।