काठमाडौं- काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी कांग्रेस नेता प्रकाशमान सिंह एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोटस्थित उनकै निवासमा पुगेका छन्।
Advertisement
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी रहँदा ओलीसँग सिंहको भेटलाई अर्थपूर्ण मानिएको छ।
कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने नदेखिँदा चुनावी परिणाम सँगसँगै आगामी सत्ता गठबन्धनको पनि कसरत शुरु भएको छ। नेता सिंहलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीको ‘मुड’ बुझ्न पठाएको आकलन कांग्रेस वृत्तमा गरिएको छ।