• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

कसरी बाँडिन्छ समानुपातिक सिट? कुन-कुन दल जोखिममा?


आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित

काठमाडौं- नेपालमा केही दिनअघि आम निर्वाचन सम्पन्‍न भयो। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको अधिकांश क्षेत्रको नतिजा आइसकेको छ भने अहिले समानुपातिकतर्फको मतगणना भइरहेको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फको ११० सिट र प्रदेशसभाको समानुपातिकतर्फको २२० सिट दलहरूले कसरी पाउँछन् भन्‍ने विषयमा चासो बढेको छ। हामीले यसै विषयलाई यहाँ प्रस्ट पारेका छौँ।

Advertisement

के हो समानुपातिक निर्वाचन ?

यस निर्वाचन प्रणालीमा उम्मेदवारलाई नभई दललाई भोट दिइन्छ। प्रतिनिधिसभाको समानुपातिकतर्फको ११० सिटका लागि सिङ्गो नेपाललाई एउटा निर्वाचन क्षेत्र मानिएको छ। त्यसैगरी प्रदेशसभाको समानुपातिक निर्वाचनका लागि प्रत्येक प्रदेशलाई छुट्टाछुट्टै गरी सातवटा निर्वाचन क्षेत्र मानिएको छ। प्रदेशसभाको समानुपातिकतर्फ सबै प्रदेशको गरी जम्मा २२० सिट छ। राज्यको मूल प्रवाहमा नआएका जात, जाति, वर्ग, लिंग, पिछडिएका समुदाय लगायतको प्रतिनिधित्व होस् भनेर यो निर्वाचन प्रणाली अपनाइएको हो।

प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका राजनीतिक दलहरूले निर्वाचन हुनुअगावै ११० जनाको नाम निर्वाचन आयोगलाई बुझाएका छन्। त्यस्तै प्रदेशसभाको समानुपातिकतर्फ भाग लिएका दलहरूले पनि यस्तो सूची बुझाएका छन्। जसलाई बन्द सूची भनिन्छ। यसरी बन्द सूची बुझाउँदा सबै जात, जाति, वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी समावेशी समानुपातिक सिद्धान्तका आधारमा दलहरूले उम्मेदवारको नाम समावेश गर्नुपर्छ।

प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा भाग लिएका दलहरूमध्ये जस-जसले खसेको कुल सदर मतको कम्तीमा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सक्छन्, ती दलहरूलाई ११० सिट भाग लगाइन्छ। त्यसैगरी प्रदेशसभाको समानुपातिकतर्फ प्रदेशअनुसार खसेको कुल सदर मतको १.५ प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूलाई प्रदेश अनुसारको समानुपातिक सिट संख्या भाग लगाइन्छ।

कुन प्रदेशमा कति समानुपातिक सिट संख्या छन् भन्‍ने थाहा पाउन यहाँ क्लिक गर्नुहोस्। राष्‍ट्रिय दल हुन पूरा गर्नुपर्ने प्रावधान सम्बन्धी लेख पढ्नुहोस्।

कसरी लगाइन्छ भाग ?

सबैभन्दा पहिले कुल खसेको सदर मत कति आयो र कुन दलले कति मत प्राप्त गरे, त्यसको निर्क्योल गरिन्छ। त्यसपछि कुन-कुन दलले कुल खसेको सदर मतको तीन प्रतिशत (प्रदेशसभातर्फ १.५ प्रतिशत) को थ्रेसहोल्ड कटाए, त्यो निकालिन्छ। त्यसपछि थ्रेसहोल्ड नकटाएका दलहरूले प्राप्त गरेको मत कुल सदर मतबाट घटाइन्छ र बाँकी रहेको मत अनुसार समानुपातिकको सिट संख्या भाग लगाइन्छ।

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको सिट विभाजन गणितीय सूत्र सेन्ट लग मेथडका आधारमा विभाजन गरिएको थियो। सामान्य रूपमा बुझ्दा यो सूत्र अनुसार जम्मा मतलाई जम्मा सिटले भाग गर्दा आएको भागफलले प्रत्येक दलले प्राप्त गरेको मतलाई भाग गरिन्छ। यसरी भाग गर्दा नतिजा दशमलवमा आयो भने त्यसलाई शून्यान्तर गरेर सग्लो अंक निकालिन्छ।

मानौँ, अहिले प्रतिनिधिसभाको समानुपातिकतर्फ ४८ दलले भाग लिएका छन्। तीमध्ये पाँच दलले तीन प्रतिशतको थ्रेसहोल्ड कटाए भने बाँकी ४३ दलले प्राप्त गरेको मत कुल सदर मतबाट घटाइन्छ र बाँकी रहेको मतका आधारमा ११० सिट पाँच दलका लागि विभाजन गरिन्छ।

यसलाई अझै प्रस्ट पार्न २०७४ सालमा प्रतिनिधिसभाको ११० सिट कसरी विभाजन गरिएको थियो हेरौँ।

निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन परिणाम पुस्तकका अनुसार २०७४ सालको आम निर्वाचनमा प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत कुल ४९ राजनीतिक दलले भाग लिएका थिए। देशभर कुल खसेको सदर मत ९५ लाख ४४ हजार ७७९ थियो। त्यतिबेला जम्मा पाँचवटा दलले मात्र तीन प्रतिशतको थ्रेसहोल्ड अर्थात् दुई लाख ८६ हजार ३४३ मत कटाएका थिए। अन्य ४४ दलले प्राप्त गरेको जम्मा नौ लाख ९६ हजार ७२० मत घटाएर बाँकी रहेको ८५ लाख ४८ हजार ५९ मतको आधारमा पाँच दललाई ११० सिट विभाजन गरिएको थियो।

सबैभन्दा धेरै एमालेले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरेको थियो भने दोस्रोमा कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत प्राप्त गरेको थियो। त्यसपछि क्रमश: माओवादी केन्द्र ले १३ लाख तीन हजार ७२१, राष्‍ट्रिय जनता पार्टीले चार लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले चार लाख ७० हजार २०१ मत प्राप्त गरेका थिए। ती दलहरूले क्रमश: ४१, ४०, १७, ६ र ६ सिट प्राप्त गरेका थिए।

जम्मा सदर मत : ९५ लाख ४४ हजार ७७९
तीन प्रतिशत थ्रेसहोल्ड बराबर हुन आउने मत : दुई लाख ८६ हजार ३४३
थ्रेसहोल्ड नकटाएका दलहरूले प्राप्त गरेको जम्मा मत : नौ लाख ९६ हजार ७२०
थ्रेसहोल्ड नकटाएका दलहरूले प्राप्त गरेको मत घटाउँदा आएको जम्मा मत : ८५ लाख ४८ हजार ५९

२०७४ मा सिट कसरी विभाजन गरियो ?

थ्रेसहोल्ड कटाएका दलहरूले प्राप्त गरेको जम्मा ८५ लाख ४८ हजार ५९ लाई ११० ले भाग गर्दा त्यसको भागफल ७७ हजार ७०९. ६३ हुन आउँछ। अब यो भागफलले राजनीतिक दलले प्राप्त गरेका मतलाई छुट्टाछुट्टै भाग गरिन्छ। जस्तै एमालेले ल्याएको ३१ लाख ७३ हजार ४९४ मतलाई ७७ हजार ७०९.६३ ले भाग गर्दा ४०.८३ हुन आउँछ। जसलाई शून्यान्तर गर्दा ४१ हुन्छ। त्यसैगरी, कांग्रेसले ल्याएको ३१ लाख २८ हजार ३८९ मतलाई ७७ हजार ७०९.६३ ले भाग गर्दा ४०.२६ हुन आउँछ जसलाई शून्यान्तर गर्दा ४० हुन्छ। यसैगरी अन्य दलको सिट अर्थात् माओवादी केन्द्रको १७ र राष्‍ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको ६÷६ सिट निर्धारण गरिएको थियो।

यसपालि के छ अवस्था ?

यसपालिको निर्वाचनमा कुल मतदाता १७९८८५७० रहेकामा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। यो भनेको एक करोड नौ लाख ७३ हजार हो। यसपालि सरदर तीन प्रतिशत मत बदर हुने अनुमान गरिएको छ। त्यसो हुँदा कुल खसेको सदर मत करिब एक करोड छ लाख ४४ हजार हुन आउँछ र तीन प्रतिशतको थ्रेसहोल्ड करिब तीन लाख २० हजार हुन आउँछ।

हालसम्म करिब ८५ लाख मतगणना हुँदासम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्‍ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले तीन प्रतिशतको अनुमानित थ्रेसहोल्ड कटाइसकेका छन्। त्यसैगरी जसपा थ्रेस होल्डको नजिक छ भने नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी अनुमानित थ्रेसहोल्ड कटाउनका लागि संघर्षरत छन्। यसपालि घटीमा पाँच दल र बढीमा सात दल मात्र राष्‍ट्रिय दल हुने देखिएको छ। समानुपातिकतर्फको ११० सिट थ्रेसहोल्ड कटाउने दलहरूका लागि मात्र विभाजन गरिन्छ।

२०७९ सालको आम निर्वाचनमा समानुपातिकतर्फको करिब ८० प्रतिशत मतगणना सम्पन्‍न भइसकेको छ। २०७४ सालको तुलनामा यसपालि प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट प्राप्त गर्न करिब ४५ हजार बढी मत आवश्यक पर्ने देखिएको छ। ०७४ को तुलनामा यसपालि ठूला भनिएका दलहरू एमाले, कांग्रेस र माओवादी केन्द्रको समानुपातिक सिट संख्या करिब आठदेखि १० प्रतिशतले घट्ने देखिएको छ।

०७४ सालमा ६÷६ सिट प्राप्त गरेका संघीय समाजवादी फोरम र राष्‍ट्रिय जनता पार्टीबाट विभिन्‍न चरणमा एकता र विभाजन हुँदै बनेका जसपा र लोसपाको स्थान राष्‍ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले लिने देखिएको छ।

(यो सामग्री नेपालचेक डट ओआरजीले तयार पारेको हो)

आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण
झटारो : मने कमरेटको कन्तबिजोग !
झटारो : सरकारी थर्काइबाट थकित, हैरान धनिराम !

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.