काठमाडौँ । रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई साइबर क्राइम मुद्दामा पक्राउ परेको हो ।
Advertisement
एक महिलाको व्यक्तिगत सम्बन्ध तथा अश्लिल भिडिओ सामग्री बनाएर युट्यूबमा जस्ता सामाजिक सञ्जालमा राखेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको उजुरी तथा काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
राईले गत साउनमा आफ्नो युट्यूब च्यानलबाट एक महिलाको चरित्र हत्या गर्ने गरी सामग्री बनाएर राखेका थिए । शनिबार साँझ उदयपुरबाट पक्राउ परेका उनलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
उनी रेडियो नेपाल उदयपुर संवाददाता, प्रेस सेन्टरका प्रदेश सचिव र फोटो पत्रकार महासंघको केन्द्रीय सचिव हुन् ।