काठमाडौँ । सत्ता गठबन्धन दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ । प्रधानमन्त्रीसमेत रहेका देउवालाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
Advertisement
यसअघि प्रचण्डले गठबन्धनका विषयमा समग्र परिणाम आएपछि गम्भिर समीक्षा गर्ने बताएका थिए । निर्वाचन परिणामबारे प्रचण्डले खास प्रतिक्रिया दिएका छैनन् ।
शुक्रबार गोरखा निर्वाचन जितेको प्रमाणपत्र बुझ्दै प्रचण्डले गठबन्धनका जरुरी विषयमा छलफल गर्नु पर्ने धारणा राखेका थिए । गोरखाबाट फर्केपछि आज बिहान प्रधानमन्त्रीसँग वार्ता गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।
प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि टेलिफोन गरी विगतका कमजोरी छाडेर मिलेर जानु पर्ने बताएका थिए ।