काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुवातदेखि अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ ।
Advertisement
निर्वाचन आयोगको तथ्यांकअनुसार बिहान साढे १० बजेसम्म एमालेले १८ लाख नौ हजार ४१७ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ४४ हजार ६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ८७ हजार ७४७, नेकपा माओवादी केन्द्रले सात लाख ६७ हजार ३०६ मत पाएको छ ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चार लाख तीन हजार ७९, जनता समाजवादी पार्टीले दुई लाख १६ हजार ९४३, नेकपा एकीकृत समाजवादीले एक लाख ६४ हजार ८५६, नागरिक उन्मुक्ति पार्टीले एक लाख ५६ हजार ५८२ र जनमत पार्टीले एक लाख ४८ हजार ४०४ मत पाएका छन् ।