काठमाडौँ । मोरङ ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । पूर्वमन्त्री तथा एमाले नेता भानुभक्त ढकाल पराजित गर्दै उनी विजयी भएका हुन् ।
Advertisement
०७४ सालको निर्वाचनमा ढकालले डा. शर्मालाई पराजित गरेका थिए । योपटक डा. शर्माले ठूलो मतान्तरसहित ढकाललाई पराजित गरेका हुन् । शर्मा नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालकसमेत हुन् ।
शर्माले ४८ हजार ६३१ मत ल्याउँदा ढकालले २५ हजार ८९५ मत मात्रै पाए । राप्रपाबाट उम्मेदवार रेखा थापाले १० हजार ९८८ मत ल्याउँदै तेस्रो भइन् ।