• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

धादिङमा समानुपातिकको मत गन्दा प्रत्यक्ष मतको बाक्सै भेटियो


शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित

धादिङ- प्रत्यक्षतर्फको सकेर समानुपातिकको मत गणना गर्ने क्रममा धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको सिंगै मतपेटिका भेटिएको छ।

Advertisement

मुख्य निर्वाचन अधिकृत, कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरूकै कमजोरीका कारण प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रत्यक्ष तर्फको बाक्सा नै गणना गर्न छुटेको हो। प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक मत गणना गर्ने क्रममा प्रत्यक्षतर्फको बाक्सा भेटिएपछि केहिबेर हंगामा नै मच्चियो।

खनियाबास गाउँपालिका ४ को गणेशकुण्ड मावि मतदान स्थलको ‘ख’ केन्द्रको मतपेटिका गणनामा छुटेको मुख्य निर्वाचन अधिकृत स्वीकृती पराजुलीले बताए। ‘यो मतदान स्थलमा क र ख गरी २ वटा केन्द्र थिए। ख केन्द्रमा रहेको चार सय ५१ मत गणनामै छुट्यो। रातको समयमा सबैतिरको मतपत्रहरू एकैपटक आउँदा भण्डारमा राख्ने क्रममा प्रत्यक्षतर्फको मतपेटिका समानुपातिकतर्फ परेको र मतगणना सम्पन्न गर्दा मतपेटिका नगन्नु त्रुटी भएको सत्य हो,’ पराजुलीले स्वीकार गरे।

मतदाताले मत जाहेर गरेपछि कुनै पनि भुलवस जुनसुकै बाक्सामा परे पनि सदर गर्ने मतगणना पूर्व नै सर्वपक्षीय सहमति भएको छ। सोहीअनुसार छुटेको मतपेटिका पुनः गणना गरी प्रत्यक्षतर्फका उम्मेदवारको मत थप गरिएको पनि पराजुली बताए। जसका कारण बिहीबार साँझ भएको मत परिणामभन्दा शुक्रबार बिहान आएको मत परिणामको अन्तर पनि फरक परेको छ।

धादिङ प्रतिनिधिसभामा कूल एकसय ५५ मतदान केन्द्र रहेकोमा १५४ वटा केन्द्रको मात्रै गणना भयो। तर, एउटा बाँकी रहेको कसैले ख्याल गरेनन्। प्रत्यक्षको मत परिणाम सुनाउनुपूर्व कति बाक्साको मत गणना भयोसमेत गनिएन। कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरूले पनि वास्ता गरेनन्।

मत गणना सम्पन्नपश्चात बढी मत ल्याउने उम्मेदवार कांग्रेसका रामनाथ अधिकारीले निकटतम प्रतिद्वन्द्वी एमालेका खेमप्रसाद लोहनीको भन्दा १० हजार ५३३ मत बढी देखिएपछि विजय उत्सव मनाए। पछि फेला परेको मतसंख्याभन्दा पहिले नै मतान्तर बढी भएपछि यस विषयले खासै चर्चा पाएन। राजनीतिक दल र उम्मेदवारहरूले मतगणना गर्ने र मतसंख्या सच्याउनेमा सहमति जनाए।

पछि फेला परेको मत गणना गर्दा नेपाली कांग्रेसका रामनाथ अधिकारीलाई भन्दा नेकपा एमालेका खेमप्रसाद लोहनीलाई १८ मत बढी आएको छ। अब दुई उम्मेदवारबीचको मतान्तर १० हजार ५१५ भएको छ।

शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.