खाँदबारी- संखुवासभामा गठबन्धनका साझा प्रतिनिधिसभा उम्मेदवार दीपक खड्काले ३ हजार ७६६ मतको फराकिलो अग्रता तयार पारेका छन्।
Advertisement
हालसम्म ३४ हजार १६३ मत गणना सकिएको छ। त्यसमा कांग्रेस जिल्ला सभापति खड्काले १८ हजार २३ मत पाएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द्र गौतमले हालसम्म १४ हजार २५७ मत पाएका छन्।