Advertisement
काठमाडौँ । पश्चिम नवलपरासी १ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विनोद चौधरी र नेकपा एमालेको समर्थनमा निर्वाचन लडेका जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयश त्रिपाठी पछाडि परेका छन् ।
उनीहरूलाई स्वतन्त्र उम्मेदवार महेन्द्र सेन ठकुरीले पछाडि पारेका हुन् । सुरुवाती अग्रता डलर अर्बपति तथा कांग्रेसका चौधरीले लिएका थिए ।
पछिल्लो मत गणनाअनुसार चौधरीभन्दा ८९ मतले अगाडि छन् । ठकुरीले तीन हजार ९५९ मत पाउँदा चौधरीले तीन हजार ८७० पाएका छन् ।
यस्तै, त्रिपाठीले दुई हजार ९४१ मत पाएका छन् ।